एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मधेसी मोर्चाको विरोधका बाबजुद व्यवस्थापिका संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव नरोकिने बताएका छन् । सो प्रस्ताव पारित गरेपछि भारतले गर्दै आएको नाकाबन्दी खुलाउने उनले दावी गरे ।
विराटनगरमा आइतबार स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले यस्तो दावी गरेका हुन् । ‘मधेसी मोर्चासँग आज हुने वार्तामा सहमति नभए पनि उनीहरुको आशय अनुसार संशोधन प्रस्ताव संसदमा छलफलका लागि पेश हुने छ,’ प्रचण्डले भने, ‘संशोधन विधेयकमाथि परिमार्जन गर्न ७२ घण्टा समयसिमा हुन्छ । यो अवधिसम्म हामी मोर्चासँग सहमति जुटाउने प्रयासमा हुनेछौं ।’