Friday, 1 January 2016

पूर्व अर्थ मन्त्री रामशरण महतको टुविटर स्टाटसले बनायो लज्जित

अंग्रेजी नयां वर्ष २०१६ को शुभकामना सन्देश सामाजिक सञ्जाल भरी छाएका छन् । नयां सोच नयां विचारका साथ गाडी बढ्ने धेरैका शुभकामना सन्देशमा लेखिएका छन् । सबैले २०१६ को लागि शुभकामना सन्देश प्रवाहा गरिरहेको बेला नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले भने  आफ्नो टुविटरमा ह्याप्पी न्यु इयर २०७३ लेखेर  पोष्ट गरे अनी सबैलाई अलमलमा मात्र पारेन लज्जीत नै बनायो । नेपाली पात्रो अनुसार अहिले पुस महिना चलीरहेको छ ।

२०७३ आउन अझै चार महिना बाँकी छ । तर देशको उच्च राजनितिक तहमा पुगेर धेरै पटक मन्त्रालयको जिम्मा सम्हालेको व्यक्ती महतले २०१६ लेख्नु पर्नेमा २०७३ भनेर पोष्ट गरे । देशको यति ठुलो तहमा बसेर पनि एउटा वर्षको समेत हेक्का नराख्ने नेता महतले कसरी अर्थ मन्त्रालय सम्महाले होलान् अहिले सबैलाई जिज्ञासाको विषय बनेको छ ।अरुले  अर्थ मन्त्री डा रामशरण महतले पनि ट्वइट गर्दै शुभकामना त दिए तर २०७३ सालको । त्यस पछि उनलाई धेरैले गीज्याई रहेका छन् ।

नेपाली नयाँ वर्ष २०७३ आउन अझै साढे तीन महिना बाँकी छ । त्यसमाथि अंग्रेजी नयाँ वर्षको शुभकामना दिने बेला नेपाली नयाँ वर्षको कुरा गरेको सुहाउने कुरा पनि भएन । गल्ती भएको थाहा हुने बित्तिकै महतले नेपाली वर्ष भनेर झुक्किएछु भन्दै सच्याएका छन् ।

पिएचडी होल्डरको त यस्तो चाला छ भने अब भनौ देशको विकास यीनिहरुले कसरी गर्छन। यो त एक जना नेताको एउटा उदाहारण मात्र हो यस्ता भित्री कुरा ठुपै्र छन् । जुन कुनै पनि कुराको ख्याल नराखि काम गरिन्छ त्यसैको परिणती अहिले नेपालले भोगीरहेको समस्या पनि एक हो । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us