Monday, 25 January 2016

मधेसी मोर्चाले भन्यो-संविधान संशोधन अमान्य, आन्दोलनका नयाँ कार्यक्रम घोषणा

तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
सोमबार बसेको मोर्चाको बैठकले मधेसी मोर्चाले संविधान संशोधन मान्य नहुने बताएको छ । आफ्ना मागको एजमुष्ट राजनीतिक समाधान गरेर संविधान संशोधन गर्नु पर्ने भन्दै भनेको छ(जबर्जस्ती संविधान लादिएको शैलीमा एकतर्फी रुपमा संविधानमा गरिएको संशोधनले हाम्रो मुद्धाहहरुको सम्बोधन नगरेको हुँदा मान्य हुन सक्दैन ।’
माग सम्बोधन नहुँदासमम आन्दोलन जारी राख्ने मधेसी मोर्चाले बताएको छ । सद्भावना पार्टीका महासचिव मनिष सुमनले सीमा नाकामा धर्नासहितका आन्दोलन जारी राख्ने निर्णय भएको  बताए ।
मधेसी मोर्चाले १३ गते सार्वर्जनिक स्थानमा मैनवत्ति प्रज्वलन गर्ने, १६ गते क्षेत्रीय स्ततरका सभाहरु गर्ने निर्णय गरेको छ ।
यस्तै माघ १८ गते अन्तरक्रिया गरेर आन्दोलनको विकासक्रमबारे जानकारी दिने कार्यक्रम बनाएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us