Sunday, 24 January 2016

भ्रष्टचारी थापाको चंगुलबाट फुत्किए लगत्तै फुटबल जाग्यो

काठमाडौं । अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापा भ्रष्टचारी सावित भएर त्यहाँबाट बाहिरिए लगत्तै नेपाली फुटबलले अन्तर्राष्ट्रिय स्तरको उपाधि जित्न सफल भएको छ ।
बंगलादेशमा सम्पन्न बंगबन्धु कप जितेर नेपाली फुटबलले २३ वर्षपछि अन्तर्राष्ट्रिय स्तरको उपाधिलाई आफ्नो कब्जामा पार्न सफलभएको छ ।
गणेश थापाले नेपाली फुटबलको काम सम्हालेको १९ वर्ष भएको थियो ।उनी एन्फा अध्यक्ष रहुन्जेलसम्म नेपाली फु्टबलले एउटा पनि अन्तर्राष्ट्रिय स्तरको उपाधि हात पार्न सकन ।
तर केही महिना पहिलेमात्रै विश्व फुटबलको सर्वोच्च संस्था फिफाले गणेश थापालाई भ्रष्टचारी ठहर गर्दै १० वर्षको प्रतिबन्ध लगाएपछि उनी एन्फाबाट बाहिरिए ।
त्यसलगत्तै नेपाली फुटबलमा लागेको ग्रहण हटेको तर्क खेल विज्ञहरुले गर्दै आएका थिए । त्यो तर्क यतिबेला आएर सही सावित भएको छ ।
दुई दशकसम्म कुनै पनि उपाधि जित्न नसकेको नेपाली फुटबल टिम शनिबार उपाधिसहित घर फर्कियो । यतिमात्रै होइन, केही महिनाअघि मात्रै नेपाली फुटबलको अर्को कालो पाटो पनि उजागर भएको थियो ।
विगतमा नेपाली राष्ट्रिय टिमका कप्तानसहितका प्रतिभाशाली फुटबल खेलाडीहरुले धेरैजसो अन्तर्राष्ट्रिय म्याचहरुमा आर्थिक लेनदेनको आधारमा म्याच फिक्सिङ गरेको रहस्य पर्दाफास भएको थियो ।
खेलाडीहरुको यस्तो कालो कर्तुतको पर्दाफास भएर ती खेलाडीहरु जेल गएलगत्तै नेपाली टिमले अन्तर्राष्ट्रिय पदक उचाल्नुलाई संयोगमात्र भन्न मिल्दैन ।
यसले विगतमा जित्ने म्याचहरु प्नि जानाजान हारिएको रहेछ भन्ने आशंकालाई पुष्टि गरेको छ । त्यसैले २३ वर्षपछि नेपाली फुटबललाई प्राप्त उपाधिको श्रेय नेपाल प्रहरीका एसएसपी सर्वेन्द्र खनाललाई पनि जाने नेपाली फुटबलप्रेमीहरु बताउँछन् । किनभने खनालले नै म्याच फिक्सिङको कालो कर्तुतलाई सतहमा ल्याएर कारबाही अगाडि बढाएका थिए ।
जे भएपनि अन्ततः दुई दशकयता कुनै पनि अन्तर्राष्ट्रिय फुटबलको उपाधि जित्न नसकेको नेपाललाई यू २३ टिमले ऐतिहासिक सफलता दिलाएका छन् ।
उमेर समूहको खेल भए पनि नेपालले बंगलादेशबाट पाएको सफलतालाई आम फुटबलप्रेमीले ठूलोा उपलब्धि मानेका छन् । यू २३ प्रतियोगितामा नेपालले जितेको यो पहिलो उपाधि पनि हो । बंगबन्धु कप फुटबलको फाइनलमा बहराइनलाई तीन शून्य गोलअन्तरले पराजित गर्दै नेपालले उपाधि उचालेको हो ।
नेपालले जितमा विमल घर्तीमगर, विशाल राई र नबीन श्रेष्ठको गोल महत्वपूर्ण रह्यो । फाइनल खेलको पाँचौं मिनेटमा नै विमलले गोल गर्दैै नेपाललाई अग्रता दिलाएका थिए । पहिलो हाफ सकिएर दोस्रो हाफको पनि उत्तरार्धमा पुग्ने बेलासम्म पनि नेपाल एक गोलमा नै अड्किएको थियो ।
खेल सकिनै लाग्दा दुवै टिम बीच झडपको अवस्था आएपछि नेपाल र बहराइनका एकएकजना खेलाडी रातो कार्ड पाएर मैदानबाट बाहिरिए । नेपालका सुमन लामा बाहिरिने खेलाडी बनेका थिए । फाइनल खेलको म्यान अफ दि म्याच विमल घोािष्त भए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी भने नवयुग श्रेष्ठ घोषित भए । बहराइनविरुद्धको खेलमा पहिलो गोल पनि विमलले नै गरेका थिए । ८७ औं मिनेटमा विशाल राईले नेपालका लागि दोस्रो गोल गरेका थिए । यो गोल भएको चार मिनेट पनि बित्न नपाउँदै नेपालले फेरि अर्को गोल ग¥यो ।
नेपालका लागि नवयुग श्रेष्ठले तेस्रो गोल गरे । नवयुगले यसअघिको सेमिफाइनल खेलमा पनि माल्दिभ्सलाई पराजित गर्ने क्रममा पनि नवयुगले ह्याट्रिक गरेका थिए । नेपालले सन् १९९३ मा दक्षिण एसियाली खेलकुदअन्तर्गत फुटबल खेलमा स्वर्ण पदक जितेयता अर्को कुनै पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको थिएन । शुक्रबारको जितले नेपालको उपाधि खडेरी पनि समाप्त भएको छ ।
नेपालले सन् २००९ मा प्रधानमन्त्री कप फुटबलको अन्तर्राष्ट्रिय उपाधि पनि जितेको यिथो तर त्यो प्रतियोगिता अनौपचारिक थियो । बहराइनविरुद्ध नेपालले यसअघि सन् २०१३ मा मैत्रीपूर्ण खेल खेलेको थियो । यू २३ टिमले खेलको सो खेलमा नेपाल तीन शून्य गोलअन्तगरले पराजित भएको थियो ।
नेपालले समूहगत चरणमा मलेसियासँग गोलरहित बराबरी खेलेको थियो । त्यस्तै बंगलादेशविरुद्ध एक शून्य गोलअन्तरको जित दर्ता गराएको थियो ।
श्रीलंकालाई पनि पराजित गर्न नेपाल सफल भउको थियो । पूर्वखेलाडी बालगोपाल महर्जनले प्रशिक्षकको जिम्मेवारी पाएपछि भएको पहिलो प्रतियोगितामा नै उपाधि जित्न नेपाल सफल भएको छ ,खबर देशान्तरमा छ ।
उमेर समूहमा पाएको यो सफलताले नेपाली फुटबल खेल नयाँ युगमा प्रवेश गरेको फुटबल विज्ञहरुले बताएका छन् ।
- See more at: http://www.newsabhiyan.com.np/news-details.php?nid=21436#sthash.E1sQblwp.M16E3uZR.dpuf

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us