काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नागरिकता प्रसंग फेरि एकपटक चर्चामा आएको छ । एमालेको भातृ संगठन युवा संघ नेपालले गृहमन्त्री शक्ति बस्नेतलाई शनिबार ज्ञापनपत्र नै बुझाएर महतोको नेपाली नागरिकता नक्कली रहेको दावीका साथ छानविन माग गर्यो ।

अख्तियारको पत्र आएपछि गृहमन्त्रालयले
सर्लाही जिल्ला प्रशासन कार्यालयसित राजेन्द्र महतोको नागरिकता सम्बन्धी
विवरण माग्दै पत्रसमेत लेखेको थियो, जतिबेला महतो बहालवाला मन्त्री थिए ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका
तत्कालीन प्रमुख जिल्ला अधिकारीले ०६९, जेठ २९ मा गृह मन्त्रालय, नागरिकता
तथा हातहतियार शाखा, सिंहदरवारलाई पत्रको जवाफ पठाए । प्रजिअले महतोको
नागरिकतासम्वन्धी छानविन गर्नका लागि हाल कुनै अभिलेख फेला नपरेको र
मन्त्रिपरिषदको सदस्यलाई सिडिओ कार्यालयमा बोलाई छानविन गर्न बाधा परेको
जवाफ दिएका थिए ।
हेर्नुहोस् सर्लाही जिल्ला प्रशासनको पत्र

शनिबार गृहमन्त्री शक्ति बस्नेतलाई ज्ञापनपत्र बुझाएको युवा संघले ०६८
सालमा पनि महतोको नागरिकताका विषयमा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा
मुद्दा दायर गरेको थियो । सोही साल महतोको नागरिकताबारे अख्तियारमा समेत
उजुरी परेको थियो ।
‘उहाँका धेरैजसो आफन्तहरु भारतमै छन्,’
महतोलाई नजिकबाट चिन्ने एक सर्लाहीवासीले भने, ‘महतोका बुबाले चाहिँ
नेपालमै बसेर उन्नति गर्नुभयो र यतैको नागरिकता लिनुभयो ।’
युवा संघका अध्यक्ष राजीव पहारीले महतोको
नागरिकता नक्कली भएको ठोकुवा गर्दै यसलाई रद्द गरेर कानूनबमोजिम कारवाही
गनुपर्ने बताए । ‘नेपालको सामाजिक सदभाव बिथोल्न र आन्दोलन भड्काउन उद्यत
भएका महतो नेपाली नागरिक नै होइनन्,’ पहारीले अनलाइनखबरसित भने, ‘झूटो
विवरणका आधारमा नेपाली नागरिकता हत्याएका व्यक्तिले मधेस आन्दोलनको नेतृत्व
गर्नु हास्यास्पद छ ।’
सन् २०१० देखि १३ सम्म लाखौंको संख्यामा भारतीयहरुलाई नागरिकता बाँडिएको भन्दै पहारीले त्यसको पनि छानविन हुनुपर्ने बताए ।