Sunday, 17 January 2016

आत्मघाती बिस्फोट, ११ को मृत्यु

भारतको पठानकोटमा आतंकवादी हमला भएको साता नपुग्दै अफगानिस्तान, इण्डोनेशियालगायतका एशियाली देशमा आतंकवादी आक्रमणका घटना बढेका छन् ।
 आइतबार पूर्वी अफगानिस्तानको जलालावादमा एक आत्मघाती बम हमला हुँदा कम्तिमा ११ को मृत्यु भएको छ भने १४ व्यक्ति घाइते भएका छन् । जलालावाद इलाकाका एक प्रमुख नेता ओबैदुल्ला सिन्वारीको घरमा सो बिस्फोट भएको बीबीसीले जनाएको छ । तालिवानीहरुको कब्जामा रहेका सिन्बारीका छोरा रिहा भएर घरमा आइपुग्नासाथ सो बिस्फोट भएको थियो । बिस्फोटमा ती नेताका छोराको मृत्यु भएको छ भने पितासमेत घाइते बनेका छन् । तालिवानले यो आक्रमण आफूले नगराएको बताएको बीबीसीमा उल्लेख छ । सात दिनयता अफगानिस्तानको जलालाबादमा भएको यो दोस्रो बम हमला हो ।

अघिल्लो बुधबार इस्लामिक स्टेटले पाक वाणिज्य दूतावासलाई लक्षित गरी आक्रमण गर्दा ७ अफगान सुरक्षाकर्मीको मृत्यु भएको थियो । बुर्किनोमा २३ को मृत्यु, ३३ घाइते यसैवीच अफ्रिकी देश बुर्किनो फासोमा इस्लामिक स्टेट आइएसले बन्धक बनाएका १ सय २६ विदेशी नागरिकलाई सुरक्षाकर्मीले मुक्त गरेका छन् । यो कारवाहीमा विभिन्न मुलुकका १८ सहित २३ जनाको मृत्यु भएको छ भने ३३ घाइते भएका छन् । आइएसका लडाकूले एक होटललाई कब्जामा लिएर शनिबार उनीहरुलाई बन्धक बनाएका थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us