Saturday, 2 January 2016

आन्दोलनरत मधेशी मोर्चा औपचारिक रुपमै फुट्यो, राजेन्द्र महतोले दिल्लीबाट गरे आन्दोलनको घोषणा

मधेसी मोर्चामा सम्बद्ध राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले बेग्लै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। मोर्चाका घोषित कार्यक्रम भन्दा बेग्लै थप कार्यक्रमका रूपमा सार्वजनिक गरिएका कार्यक्रम पुस १९ देखि २७ गतेसम्म चल्नेछन्। 

शनिबार राजधानीस्थित लाखे चौरमा गरिएको पत्रकार सम्मेलनमा सद्भावनाका महासचिव मनिष सुमनले मोर्चाका साझा कार्यक्रमहरूमा पनि पार्टीको साविक सहभागिता रहने बताए।

 मधेस आन्दोलनको १५० औं दिन पुग्ने मिति पुस २७ गतेसम्मका लागि घोषणा गरिएका कार्यक्रमहरूमा सहिदको सम्मानमा प्रार्थना सभा, मौन ब्रत, भित्ते लेखन, कालो झण्डा प्रदर्शन, मैन बत्ती बाल्ने र उपवास बस्नेसम्मका कार्यक्रम छन्।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us