Tuesday, 26 January 2016

मोर्चाले १८ गतेपछि सीमा अवरोधको कार्यक्रम फिर्ता लिने

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नाकाबन्दीलाई सहयोग गर्न जारी राखेको सीमा क्षेत्रको अवरोधको कार्यक्रम फिर्ता लिने भएको छ।

रिपोर्टस क्लबले मंगलबार काठमाडौमा गरेको साक्षात्कारमा मोर्चाका दुई घटक दल तराई मधेश सद्भावना पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीका नेताहरुले माघ १८ गतेपछि सीमा क्षेत्रको अवरोधको कार्यक्रम फिर्ता लिने बताएका हुन्।
तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव र तराई मधेश लोकतान्त्रिक पार्टीका नेता जितेन्द्र सोनलले लामो समयदेखिको नाकाबन्दीका कारण जनताको जनजीवन निकै कष्टकर भएको भन्दै माघ १८ गते शीर्ष नेताको तहमा बैठक बसेर आन्दोलनको स्वरुप परिवर्तन गर्ने बताएका हुन्।
‘नाकाबन्दी भएको लामो समय भईसक्यो। यसले जनजीवन कष्टकर भईसक्यौ।  आन्दोलन लामो भईसकेकोले अब स्वरुप परिवर्तन गर्नु पर्छ। दुई चार तीन दिनमा बस्ने मोर्चाको बैठकले माघ १८ गते पछिको आन्दोलनको कार्यक्रममा पुनर्विचार गर्ने सम्भावना छ। यसरी आन्दोलन गरेर भएन अब नयाँ ढंगले शसक्त बनाउनुपर्छ।ु
उनीहरु दुवैले आन्दोलनको स्वरुप परिवर्तनका क्रममा सीमा क्षेत्रको अवरोधको कार्यक्रम फिर्ता लिने बताए।
मोर्चाले गत असोज ६ गतेदेखि सीमा क्षेत्रमा धर्नाको कार्यक्रम गरेका कारण छिमेकी मुलुक भारतले धर्नालाई कारण देखाएर नेपालमा नाकाबन्दी गरिरहेको छ। भारतले नेपालगञ्ज, विराटनगर लगायतका नाकाबाट सामान पठाउन थाले पनि मोर्चाका कार्यकर्ताको धर्नालाई देखाएर सबैभन्दा ठूलो भन्सार नाका वीरगञ्जबाट अझै मालवाहक ट्रक र इन्धनका ट्यांकर पठाउन मानेको छैन।
उनले बाहिर चर्चा भए जस्तो मधेस आन्दोलनको लागि महागठबन्धन निर्माणको योजना नरहेको स्पष्ट पार्दै भने,‘मधेसमा नौ दलको गठबन्धन छदैछ त्यसमा अरु दललाई ल्याएर विस्तार गरे हुन्छ। महागठबन्धन निर्माणको आवश्यकता छैन।’

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us