Wednesday, 13 January 2016

राजधानीमा शक्तिशाली भुकम्प गयो

अफगानिस्तानमा बुधबार बिहान फेरि शक्तिशाली भुकम्प गएको छ ।
 दक्षिणी अफगानिस्तानको जारमलाई केन्द्रबिन्दु बनाएर ५ दशमलब ६ म्याग्निच्युटको भूकम्प गएको अमेरिकी भुगर्ब विभागले जनाएको छ ।

भूकम्पको धक्का राजधानी काबुल र अफगानिस्तानका अन्य क्षेत्रलगायत पाकिस्तानका केही भूभागमा महसुस गरिएको छ ।

भूकम्पका कारण त्यहाँ ठूलो क्षति नभएपनि दर्जनौ घरहरुमा क्षति पुगेको अफगान अधिकारीलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसअघि गत सातामात्रै अफगानिस्तान र पाकिस्तानको सिमानामा केनद्रबिन्दु बनाएर ६ दशमलब ४ म्याग्निच्युटको भूकम्प गएको थियो । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us