Friday, 29 January 2016

इजरायल जाने एक सय जना भाग्यमानी नेपालीको नाम सार्वजनिक

इजरायलमा कियर गिभरको कामका लागि पठाउन १ सय जनाको नाम छनोट भएको छ। १ सय ३९ जनाले आवेदन दिएकोमा चिठ्ठा विधिबाट १ सय जनाको नाम छनौट भएको हो। 
 
छनौट भएकाहरुले आगामी मंगलवार भाषा परीक्षा दिनुपर्ने छ। भाषा परीक्षाबाट पास भएका ६० जनाले इजरायलमा कियर गिभरको रुपमा काम गर्न जान पाउने छन्। मनमोन मेमोरियल कलेज सोह्रखुट्टेमा दिउँसो १ बजे परीक्षा तोकिएको छ। परीक्षार्थीहरुले नागरिकताको सक्कल, तथा पासपोर्ट लिएर केन्द्रमा पुग्नुपर्नेछ। 
 
सरकारले व्यवस्थित रुपमा इजरायल पठाउनका लागि तय गरेको कार्यविधिअनुरुप उनीहरु इजरायल जान पाउने भएका हुन्। ५ वर्षदेखि इजरायलमा नेपाली कामदारलाई पठाउन प्रतिबन्ध लगाइएको थियो।
 
पछि दुवै देशका सरकारबीच सम्झौता भई इजरायलका लागि रोजगार खुला गरिएको हो। अहिले जाने यी कामदारले शुल्क तिर्नु पर्ने छैन। यद्यपी केही तोकिएका मापदण्ड भने पुरा भएको हुनुपर्नेछ। 

छनौटमा परेकाहरुको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् http://www.dofe.gov.np/new/news/details/136

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us