Sunday, 3 January 2016

भ्यागुताले सर्पलाई खाएपछि........

सर्पले भ्यागुता, मुसा खान्छ । हामीले सर्पले भ्यागुता लगायतका जिव निलेको देखेका छौँ । तर अब त भ्यागुताले सर्पलाई पो खान थालेको छ ।

सायद कलि युग भएर यस्तो भएको होला की भन्नुहोला तपाइँ । अस्ट्रेलियामा भएको छ यस्तै । त्यहाँ एउटा भ्यागुताले सर्पलाई मुखभित्र हालेको घटना सार्वजनिक भएको छ ।

एउटा यस्तो अचम्मलाग्दो भिडियो क्लिप सार्वजनिक भएको छ जसमा भ्यागुताले सर्पलाई मुखमा हालेको देख्न पाइन्छ ।

यो २८ सेकेण्डको भिडियोको एकजना व्यक्तिले आफ्नै घर बाहिर खिचेको बताइएको छ । त्यसमा भ्यागुताले सर्पलाई मुखभित्र हालेको दृश्य निकै अनौठो लाग्छ । सोसल मिडियामा यो भिडियो चर्चित बनेको छ ।
अस्ट्रेलियाको मालकस्थित डार्बिन क्षेत्रमा उक्त भिडियो खिचिएको हो । हरियो प्रजातिको भ्यागुताले कार्पेट जातको अजिंगर सर्पको बच्चालाई मुखभित्र हालेर चेँपिरहेको र सर्पको बच्चा निरिह बनिरहेको अवस्थामा केही बेरपछि भिडियो खिच्नेले त्यो लडाइँमा हस्तक्षेप गरेर सर्पलाई भ्यागुताको मुखबाट थुतेर मुक्त गरेका थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us