Friday, 1 January 2016

पुस १७ देखि २३ गतेसम्मको राशिफल


मेष
आम्दानीको दरिलो स्रोत हात लाग्ने सम्भावना छ । यात्रामा हुने भेटघाटले सफलताको मार्ग खोल्नेछ । अरूको मन आफूतर्फ आकर्षित हुँदा मनमा जोस, जाँगर तथा हौसला बढ्नेछ । ठूला व्यक्तिहरूसँग हुने अन्तक्र्रियाले मनोबल बढाउनेछ । अबेरसम्म बाहिर बस्दा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ ।

वृष
सामाजिक सेवा तथा नोकरीमा सोचेजस्तो स्थान प्राप्त हुनेछ । अनुभव नभएको व्यवसायमा नोक्सान हुन सक्छ । नयाँ कार्य थालनी गर्दा अभिभावकको रुचिको ख्याल गर्दै उनीहरूको सुझावलाई शिरोधार्य गर्नुहोला । भोजभतेर तथा मनोरञ्जनमा संलग्न हुँदा समयको हेक्का राख्नुपर्नेछ ।

मिथुन
साथीहरूबीच सानातिना उल्झन आए पनि समय अनुकूल नै छ । पराक्रमबाट सफलता पाउनाले प्रसन्नता बढ्नेछ । कूटनीटिक तवरले गरिएका कार्य सम्पन्न भै नयाँ अवसरसमेत जुट्नेछ । सूर्यको आराधनाले समस्यामुक्त बनाउन सहयोगी भूमिका निर्वाह गर्नेछ ।

कर्कट
सेवामूलक कार्य गर्न सके मान–सम्मान पाइनेछ । पहिलेका गल्तीहरू सच्याउँदा अन्य अवसरहरू पनि जुट्नेछन् । आध्यात्मिक चिन्तनले दुर्भावना समाप्त भै मनलाई एकाग्र बनाउन सहयोग पुर्‍याउनेछ । गृह सजावटमा उत्सुकता जाग्नेछ । वनभोज तथा मनोरञ्जनसम्बन्धी कार्यमा सरिक भइनेछ ।

सिंह
विदेशी साथीको सुझाव अवलम्बन गर्न सके रोजगारी प्राप्त हुन सक्छ । अरूको मुख ताक्ने बानीले पछि परिएला । गोष्ठी एवं समारोहमा सहभागी हुने अवसर पाइन सक्छ । प्रतिभा देखाएर अरूको मन लोभ्याउन सकिनेछ । विचार नगरी अरूलाई वचन दिँदा अप्ठ्यारो पर्न सक्छ ।

कन्या
मन मिल्ने साथीको सुझाव अवलम्बन गर्दा चरित्रमा दोष देखाउनेहरूले समेत प्रशंसा गर्न थाल्नेछन् । आम्दानी राम्रै भए पनि आर्थिक अभावले सताउन सक्छ । भविष्यका निम्ति जग बसाउने अवसर मिल्नेछ । दु्रत गतिमा चलाएको सवारी साधनले नोक्सान पुर्‍याउन सक्छ । पहेंला रंगका फलफूल दान गर्दा मनोकांक्षा पूर्ण हुनेछ ।

तुला
प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ । प्रेमिकाको सहयोगमा विदेश गएर अध्ययन गर्ने धोको पूरा हुनेछ । परिवारका सदस्यबीच मत नमिल्दा सानातिना झन्झट देखा पर्न सक्छ । विवादलाई विश्वासमा अनुवाद गर्न सके तनाव स्वतस् घट्नेछ । नीलो रंगको प्रयोगले समस्या पहिचान गर्न सहज हुनेछ ।

वृश्चिक
देखासिकी गर्नेहरूले विवादमा पार्ने प्रयास गर्ने छन् पारिवारिक सुझावले समस्या निस्तेज गर्न सकिनेछ । स्मरणशक्तिको प्रभावले अवरोधहरू स्वतस् निर्मूल हुनेछन् । सोमबारपछिका दिनमा निर्णायक साथ पाइनेछ । गुप्त शत्रु सलबलाउने हुँदा सजक भै कार्य सम्पादन गर्नुपर्नेछ । मनोरञ्जनमा रमाउँदा समयको ख्याल गर्नुहोला ।

धनु
पुराना साथीसँगको भेटमा नौला अवसरको जानकारी पाइनेछ । विचार नगरी काममा संलग्न हँुदा अरूले लाभ उठाउनेछन् । मान्यजनको भावनाको कदर गरी व्यवसायमा लगानी गर्दा नोक्सान हुनेछैन । प्रेमिकासँग भ्रमण गर्ने अवसर जुट्न सक्छ ।

मकर
पराक्रमले अरूलाई आकर्षित गर्न सकिनेछ । विपरीतलिंगीहरूबाट प्रेमको प्रस्ताव आउन सक्छ, विवेक पुर्‍याएर निर्णय गर्नुहोला । पारिवारिक जमघट वा वनभोजमा रमाउने वातावरण सिर्जना हुनेछ । महँगा तथा विलासिताका सामग्री बिनामोलतोल खरिद नगर्नुहोला । साताको अन्त्यमा स्वास्थ्य प्रतिकूल हुन सक्छ ।

कुम्भ
सहयोगी हातहरू तपार्इंप्रति नै बढिरहेका छन् । विपरीतलिंगीहरू आफूप्रति आकर्षित भएको अवस्थालाई मध्यनजर गर्नुपर्नेछ । व्यवसायमा सोचेजस्तै सफलता हात पर्नेछ । आइतबारपछिका दिनमा बौद्धिक व्यक्तित्वहरूसँग परिचित हुँदै महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिनेछ । साथीहरूसँग नगद कारोबार गर्दा संयम अपनाउनुहोला ।

मीन
विश्वासिला मित्रले सहयोग गर्न मोलतोल गर्न सक्छन् । विपरीतलिंगी मित्रले समस्याको गाँठो फुकाउन सहजकर्ताको भूमिका निर्वाह गर्नेछन् । घरपरिवारमा मांगलिक कार्य सम्पन्न गर्ने निर्णय अनुमोदन हुन सक्छ । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च गरिनेछ । अन्नदान गर्न सके तनाव मुक्त भइनेछ ।



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us