Friday, 29 January 2016

विरगञ्ज नाका खुल्यो, अब सबै कुरा सहज हुने

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको धर्नाले विगत पाँच महिनादेखि बन्द रहेको वीरगन्ज-रक्सौल नाकाबाट मालबाहक ट्रकि भित्रिएको छ। आज बिहान ८ बदेखि ९ बजेको बीचमा पाँच वटा ट्रक भित्रिएको हो। 

बिहानको समयमा आन्दोलनकारी नभएको मौका छोपी ढुवानीकर्ताले पाँच वटा मालबाहक ट्रक भित्र्याएको हो 
ढुवानीकर्ताले नाका राखेको बाँस हटाएर ट्रक नेपाल भित्र्याएका हुन्। ढुवानीकर्ताका अनुसार ना१ख ९७३६, ना१ख ६७२५, ना१ख २८९४, ना२ख २६१५ र ना२ख ६३११ नम्बरको ट्रक नेपाल भित्रिएको हो।

त्यस्तै नेपालबाट पनि तीन वटा खाली ट्राक भारततर्फ पास भएको छ। भारत पास हुनेमा एनएल०१बी ६८०८ र एनएल०१बी ६८३८ र एनएल०१बी ६८११ नम्बरको ट्रक रहेको बताइएको छ।

सरकारले संविधान संसोधन गरेसँगै भारतले नाका खुकुलो पार्दै आएको छ। यता आन्दोलनरत मधेसी मोर्चाले भने संविधान संसोधनले मधेसीको माग सम्बोधन नभएको भन्दै आन्दोलन झनै चर्काउने बताउँदै आएको छ। 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us