धेरै जसो विवादमा आइरहने नायिका हुन शुभेच्छा थापा । नराम्रो कुराको चर्चा धेरै नै हुने र राम्रो कुरा गुमनाम नै राख्ने नेपाली मिडियाको चलन जस्तै बनेको छ । यही कुरालाई बुझेर पनि होला नायिका थापा आफ्नो नयां फिल्मको रिलिज समय नजिकिदै गर्दा नेपाली मिडियालाई प्रभावमा पार्ने गरी विवादीत फोट शुट गराउन पछि पर्दिनन् ।
उनको राम्रो कामको खासै चर्चा नगर्ने मिडियाहरु उनले प्रयोग गरेको मिसनमा भने राम्रैसंग डुब्ने गर्दछन् । पछिल्लो समय चलचित्र बिन्दास ३ को फोटो शुटले उनलाई चर्चा मात्रै होइन कारबाहीको भागेदार नै बनायो । बौद्ध धर्ममा प्रयोग हुने खादाको गलत प्रयोगले उनले ठुलै तनाव खेप्नु पर्यो ।
उनै नायिका थापा जति नराम्रो काम गरेको भनेर विवादमा आउँछिन् त्यो भन्दा बढी उनी समाज सेवामा पनि सक्रिय छिन् तर उनको यो कामले त्यति चर्चा पाउँदैन ।
भर्खरै मात्र उनले अनाथ बालबालीकाको भविष्यमा एउटा उज्यालो जोती बाल्न सहयोग गरिकी छन् तर त्यसको चर्चा कमै छ । त्यो के भने शुभेच्छा इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्र 'बिन्दास–३' को चितवनमा गरेको च्यारिटी शो बाट उठेको रकमको २५ प्रतिशत रकम अनाथ बालिका आश्रम ‘साहाराको घर’ लाई सहयोग थापाले गरेकी छन् ।
चितवनको नारायणगढस्थित सिम्याक्स सिनेमा हलमा विहीबारराती भएको च्यारिटी शोबाट उठेको रकमको २५ प्रतिशत( २५ हजार रुपैयाँ)साहारा घरको बालिकाका लागि थोरै भएपनि बालबालीकाको भविष्यमा बन्न केही राहात मिलोस भनेर सहयोग गरिएको नायिका शुभेच्छा थापाले जानकारी दिइन ।
उक्त रकम ‘साहाराको घर’ की संचालिका स्वस्तीका तिवारीलाई हस्तान्तरण गरिएको थियो । चलचित्र बिन्दास–३ का निर्माता सुमन भारती, निर्देशक राजु गिरी तथा नायिका थापा लगायतले संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गरेका हुन ।
चलचित्र बिन्दास–३ यहि माघ २२ गतेबाट हलमा प्रदर्शनमा आउने भएको छ ।