Monday, 25 January 2016

दिल्लीबाट काठमाडौ आउन लागेको विमानमा बम भएको फोन आएपछि भारतमा हंगामा

दिल्लीबाट नेपालको राजधानी काठमाडौं आउन लागेको जेट एयरवेजको विमानमा बम भएको आसंका पछि सुरक्षा चुनौती देखाउँदै उडान रोकिएको छ ।

 विमान भित्र एउटा बक्स भेटीएको छ सो अज्ञात बस्तु बम हुन सक्ने आसंका गरिएको छ । विमानको १८ नम्बर सिटमा बम भएको प्रहरीलाई फोन आएपछि विमानका यात्रु र पाइलट बाहिर निकालीएको छ । विमानमा भएको भनिएको संकास्पद बस्तु बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

विमानमा १०४ जना यात्रु र सात जना पाइलट थिए । भारतको गणतन्त्र दिवसको अघिल्लो दिन आज भारतमा कडा सुरक्षा ब्यवस्था गरिएको छ तर विमानमा बमको हल्लाले सुरक्षा चुनौति थपिदिएको छ । आतंकबादी संगठन  आइएसबाट भारत ठुलो खतरामा रहेको छ ।

 भारतको गणतन्त्र दिवसमा प्रमुख अथितीको रुपमा फान्सका राष्ट्रपति प्रमुख अथिती छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us