बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेर शनिबार स्वदेश फर्किएका नेपाली खेलाडीहरुको भव्य स्वागत गरिएको छ । खेलाडीहरुलाई बाजागाजासहित नगर परिक्रमा गराइएको छ ।
खेलकुद सम्बद्ध अधिकारीहरु र खेलप्रेमी नेपालीहरु खेलाडीहरुको स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरु नेपालको राष्ट्रिय झण्डा, फूलमाला, खादा र बाजागाजा बोकेका थिए । बंगबन्धु गोल्डकपसहित बाहिरिएका नेपाली खेलाडी र प्रशिक्षकहरुलाई देख्नेवित्तिकै समर्थकहरुले उत्साहित हुँदै हुटिङ गरेका थिए ।
विमानस्थलमा समर्थकहरुको भिड व्यवस्थित गर्न सुरक्षाकर्मीहरुलाई हम्मे-हम्मे परेको थियो । कडा सुरक्षा घेरामा निलो ट्रकमा राखेर खेलाडी र प्रशिक्षकहरुलाई नगर परिक्रमा गराइएको छ । दशरथ रंगशालामा खेलाडीहरुको सम्मानमा विशेष कार्यक्रम गरिएको छ ।
बंगलादेशमा आयोजित बंगबन्धु गोल्डकप फुटबलको बिहीबारको फाइनल खेलमा बहराइनलाई ३-० ले हराउँदै नेपाली खेलाडीहरुले उपाधि उचालेका छन् ।
अन्तराष्ट्रिय फुटबलको उपाधिमा २३ बर्षको संकट टारेका नेपाली खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ एन्फा जनही ५ लाख र राष्ट्रिय खेलकुद परिषद राखेपले जनही २ लाख रुपैयाँको दरले पुरस्कृत गर्ने घोषणा गरेका छन् ।
नेपाली फुटबल टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति सुशील कोइरालालगायतले बधाइ दिएका छन् ।