Thursday, 21 January 2016

रंगेलीमा झडप, प्रहरीको गोली लागेर एक महिलाको मृत्यु

 मोरङको रंगेलीमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा एक महिलाको मृत्यु भएको छ । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएको हो ।

प्रहरीले मृतकको शव कोशी अञ्चल अस्पतालमा पुर्याएको छ । तर, उनको सनाखत हुन सकेको छैन ।

मधेसी मोर्चाका कार्यकर्ताले रंगेलीमा एमालेको सभा विथाल्ने खोजेपछि स्थिति तनावग्रस्त भएको थियो । झडपका क्रममा प्रहरीले अश्रुग्यास तथा हवाइ फायर गरेको छ । प्रहरीले झण्डै ४० राउण्ड हवाइ फायर गरेको छ ।

युवा संघले गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली जाने भनेपछि मोर्चाले प्रदर्शन सुरु गरेको थियो । एमाले अध्यक्ष समेत रहेका ओलीको सट्टा एमाले महासचिव इश्वर पोखरेल कार्यक्रममा उपस्थित थिए

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us