Wednesday, 20 January 2016

कार्यदलमा खिचडी नपाकेपछि मधेशी मोर्चासंग शिर्ष तहमै वार्ता हुने

 प्रमुख तीन दलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग शीर्ष स्तरमा नै वार्ता गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकले बिहीबार विहान ९ बजे मधेसी मोर्चालाई वार्तामा बोलाएको छ । कार्यदलमा जहाँ अड्किएको थियो, त्यहाँबाट अघि छलफल गर्ने र माघ ९ गतेभित्र प्याकेजमा नै सहमतिको प्रयास गर्ने प्रमुख तीन दलको निर्णय छ ।

सोमबारको बैठक भाँडिएपछि मधेसी मोर्चाले कार्यदल भंग गर्दै शीर्ष स्तरमा मात्र वार्ता गर्ने निर्णय गरेको थियो ।

कार्यदल स्तरको वार्तामा तीन दल र मधेसी मोर्चा अधिकांश मुद्धामा सहमत भएका छन् । सीमांकनबारे तीन महिनाभित्र निर्णय गर्न राजनीतिक संयन्त्र बनाउन मधेसी मोर्चा सहमत भइसकेको छ ।

तर, राजनीतिक संयन्त्रको टीओरआरमा मधेसमा दुई प्रदेश र सीमांकन हेरफेर हुन्छ भन्ने संविधानको अनुसूचीमा राख्नुपर्ने मधेसी मोर्चाको मागमा सहमति नभएपछि तीन दल र मधेसी मोर्चाको कार्यदलस्तरको वार्ता भाँडिएको थियो ।

सहमति नभए एकतर्फी सम्बोधन

तीन दलले मधेसी मोर्चासँग सहमति नभए संविधान संशोधनमा एकतर्फी सम्बोधन गरेर अघि बढ्ने संकेत दिएका छन् ।

संविधान संशोधन विधेयकमा परेको संशोधन वा के गरेर हुन्छ सम्बोधन गर्ने तीन दलको निर्णय छ । समानुपातिक समावेशी र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणसम्वन्धी माग सम्बोधन गर्न सरकारले संविधान संशोधन विधेयक संसदमा लगेको छ ।

तर, यसमा प्रमुख विपक्षी कांग्रेस र सत्तारुढ एमाओवादीका सांसदले नै संशोधन दर्ता गराएका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us