Wednesday, 20 January 2016

चमत्कार: अन्तरीक्षमा पहिलोपटक फूल फुल्यो

अन्तराष्ट्रिय अन्तरीक्ष स्टेशनमा पहिलो पटक फूल फुलाइएको छ । अमेरिकी अन्तरीक्ष संस्था नासाका अन्तरीक्ष यात्री स्कट केलीले ट्विट मार्फत यस्तो जानकारी गराएका हुन् । अन्तरीक्ष केन्द्रमा रहेका वैज्ञानिकहरुले लामो समयदेखि फूल फुलाउने कार्यमा जुटिरहेका थिए र हालै यो सफलता प्राप्त गरेका छन् । स्मरण रहोस्, अन्तरीक्ष स्टेशनमा यसअघि नै गोभी फलाइसकिएको छ ।

अन्तरीक्षयात्री स्कट केलीले आफ्नो ट्विटमा अन्तरीक्षमा फुलेको फूलको तस्वीर समेत पोष्ट गर्दै भनेका छन्स् अन्तरीक्षमा पहिलोपटक फूल फुलेको छ । उनको एक अर्को ट्विटमा अन्तरीक्षमा जिवनको अन्य रुप पनि रहेका बताएका छन् ।

आजकल इन्टरनेसनल स्पेस स्टेसनमा सागसब्जी तथा अन्य खाले वनस्पतीहरु उमार्ने र हुर्काउने विभिन्न प्रयोग भैरहेका छन् । गत वर्ष त्यहाँ सफलतापूर्वक गोभी उमारेर हुर्काइएको थियो । गोभी फक्रिएसँगै त्यसलाई टिपेर फ्रिजमा राखिएको थियो । पछि उक्त गोभीमा वैज्ञानिक परीक्षण गर्दा त्यो खानका लागि योग्य भएको पुष्टि भएको थियो । त्यो सँगै गत अगष्ट महिनामा अन्तरीक्षयात्रीहरुले पहिलोपटक अन्तरीक्षमै फलाएको तरकारी खाएका थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us