यू-१९ विश्वकप क्रिकेटमा नेपालले सन्दिप लामिछानेको हृयाट्रिकको मदतमा आयरल्याण्डमाथि ८ विकेटको शानदार जित हात पारेको छ ।
लगातार दोस्रो जितसँगै नेपाल दोस्रो चरण नजिक पुगेको छ । अहिले भइरहेको अर्को खेलमा भारत न्यूजिल्याण्डलाई हराए नेपाल समूह चरणको अन्तिम खेल अघि क्वार्टरफाइनलमा पुग्नेछ ।
समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग खेल्नु पर्नेछ । त्यसअघि नेपाल ४ अंकसहित समूहको शीर्ष स्थानमा छ ।