पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले नयाँ वर्षसँगै नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।
नयाँ संविधान घोषणापछि एमाओवादी परित्याग गरेका भट्टराई नयाँ शक्ति निर्माण अभियान चलाइरहेका छन् र माघ १० गते नयाँ शक्ति निर्माण अभियानको प्रारम्भीक सांगठनिक स्वरुप सार्वजनिक गर्दैछन् । नेताहरुका अनुसार एमाओवादीबाट आएका र गैरमाओवादीलाई मिलाएर राष्ट्रिय अधिवेशन आयोजक समिति वा सचिवालय गठन गर्ने सम्भावना छ ।
त्यसको तयारीका लागि नयाँ शक्ति निर्माण अभियान्ताहरुको बैठक राजधानीमा चलिरहेको छ । जारी बैठकले २ महिने प्रचार अभियान सफल भएको र नयाँ शक्तिप्रति जनतामा आकर्षण देखिएको निष्कर्ष निकालेको अभियन्ता रामकुमार शर्माले जानकारी दिए ।
स्रोतका अनुसार पूर्व प्रधानमन्त्री भट्टराईले माघ १० गते उद्योगी व्यवसायी, पूर्व प्रशासकहरु र गैरमाओवादीलाई नयाँ शक्ति निर्माण अभियानमा औपचारिक रुपमा भित्र्याउँदैछन् ।
पूर्व अर्थसचिव रामेश्वर खनाल, पूर्व स्वाथ्य सचिव प्रविण मिश्र, कलाकार सरोज खनाल औपचारिक रुपमा नै नयाँ शक्ति निर्माण अभियानमा आवद्ध हुनेछन् । केही पूर्व सुरक्षा प्रमुख तथा उद्योगीहरु समेत आउने बताइएपनि छलफलमा रहेकाले नाम खुलाइएको छैन् ।
जनजाति नेताहरु पासाङ शेर्पा, केशवमान शाक्य, चैतन्य सुब्बा पनि नयाँ शक्ति निर्माण अभियानमा लाग्ने भएका छन् । जनजाति महासंघका पूर्व अध्यक्ष समेत रहेका शेर्पा र चैतन्य सुब्बासहित सामाजिक लोकतान्त्रिक पार्टी नै नयाँ शक्तिमा मिसिने भएको छ ।
अभियाान जान लागेका केशवमान शाक्य पूर्वमन्त्री एवं नेपा पार्टीका अध्यक्ष हुन् ।
एमाओवादीबाट बाहिरिएका भट्टराई समर्थक नेता कार्यकर्ता यसअघि नै अभियानमा लागिसकेका छन् । जसमा भट्टराई पत्नी हिसिला यमी, देवेन्द्र पौडेल, रामचन्द्र झा, रामकुमार शर्मा, रामरिझन यादव, गंगा श्रेष्ठ लगायतका छन् । ‘अहिले पार्टी भन्दा व्यक्तिहरु धेरै आउनुहुन्छ’ स्रोतले भन्यो(‘माओवादी र गैरमाओवादीको आधा आधा जस्तै हुन्छ ।’
बबरमहलमा केन्द्रीय कार्यालय
नयाँ शक्ति निर्माण अभियानले माघ १० गतेबाट औपचारिक रुपमा कार्यालय नै राख्ने भएको छ । यसका लागि बबरमहलमा घर खोजिएको छ । स्रोतले भन्यो, नयाँ बर्षको अबसरमा वैशाख १ गते नै नयाँ शक्तिको औपचारिक घोषणा गर्ने तयारी छ ।’
पार्टीको नाम टुंगो लागिसकेको छैन । तर, पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले नाममा कम्युनिष्ट नहुने र लेफ्ट डेमोक्रेटिक दर्शनको पार्टी बन्ने यसअघि नै बताइसकेका छन् ।