Tuesday, 12 January 2016

सेल्फीले लियो आफ्नै ज्यान, प्रहरीले बनायो कडा नियम

 मुम्बईको विभिन्न १५ स्थानलाई स्थानीय प्रहरीले सेल्फी लिनको लागि खतरनाक स्थानको सूचीमा राखेको छ । सेल्फी लिने क्रममा एक किशोरीको गत हप्ता मृत्यु भएपछि प्रहरीले यस्तो उपाय अपनाएको हो ।
प्रहरीले पर्यटकीय केन्द्र मरिन ड्राइभ र गिरगाउँ चाउपाटी समुद्री तटसहित १५ स्थानलाई सेल्फी लिनको लागि खतरनाक स्थलको सूचीमा राखेको हो ।

गत हप्ता मुम्बईको एक समुद्री तटमा सेल्फी लिने क्रममा १८ वर्षीय किशोरीको खसेर मृत्यु भएको थियो ।

बान्द्र समुद्री तटमा सेल्फी खिच्ने क्रममा दुई किशोरी समुद्रमा डुबेका थिए । उनीहरुमध्ये एकको जिवितै उद्दार गरिएको थियो ।

गत वर्ष भारतमा भएको कुम्भ मेलामा पनि प्रहरीले सेल्फी निषेध गरेको थियो । सेल्फी लिने क्रममा कुल्चिइन सक्ने भएकाले यस्तो निर्णय लिइएको थियो । कुम्भमेलामा लाखौं हिन्दू श्रद्धालुहरु आउने गर्छन् ।

गत वर्षको सेप्टेम्बरमा भारतको आग्रास्थित ताजमहल नजिकै एक जापानी पर्यटकको सेल्फी लिने क्रममा खसेर मृत्यु भएको थियो ।

सेल्फी लिने क्रममा धेरै किशोर किशोरीको ज्यान जान थालेपछि रुसले गत वर्षदेखि सेल्फी लिनुअघि अवस्थाको ध्यान दिून भन्दै जनचेतनामूलक अभियान नै चलाएको थियो ।



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us