चिकित्सा क्षेत्र सुधारको माग गर्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा। गोविन्द केसीले सोमबारदेखि अनसन बस्ने घोषणा गरेका छन् ।
सरकारलाई दिएको अल्टिमेटम बुधबार सकिएलगत्तै उनले सोमबार साँझ ५ बजेदेखि अनसन बस्ने घोषणा गरेका हुन् । उनले आन्दोलन सुरु गर्नु आफ्नो बाध्यता भएको बताएका छन् ।
केसीले बुधबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘चिकित्सा शिक्षा आयोग निर्माण र एउटा कथित प्रतिष्ठान सम्बन्धि विधेयक संसदबाट फिर्ता लिने लगायतका माग पूरा गर्ने दिशामा राज्यले ठोस कदम नचालेकाले हामी नयाँ चरणको आन्दोलन सुरु गर्न बाध्य भएका छौं ।’
उनले भनेका छन्, ‘शिक्षा मन्त्रीले अझै पनि ती माग पूरा गर्न प्रयासरत रहेको तथा हाल संविधान संशोधनलगायतका काममा केन्द्रित भएकाले थप केही समय आवश्यक भएको जनाएकाले यही माघ १० गते सम्म सरकारलाई समय दिने र तबसम्म माग पूरा नभए माघ ११ गते सोमबार साँझ ५ बजेदेखि आमरण अनशन शुरु गर्ने जानकारी गराउँछु।’
आफूसँग विगतमा भएका सम्झौता विपरित सरकारले चोर बाटोबाट मेडिकल कलेजहरु खोल्न लागेको केसीको ठहर छ ।