Saturday, 16 January 2016

फुटबल मैदानमै नेपाल र भारतका खेलाडीबिच कुटाकुट

 कञ्चनपुरको दक्षिण क्षेत्रमा पर्ने नेपाल– भारतको सीमा क्षेत्रको दसहीमा शुक्रबार दुई देशबीचका फुटबल खेलाडीबीच कुटाकुट भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–१ स्थित महाकाली युवा क्लब र भारतको लखिमपुर, दसहीका खेलाडीबीच फुटबल चलिरहँदा भएको विवादले उग्ररुप लिएपछि झडपको स्थिति सर्जना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

‘खेल गराउँदै गरेका एम्पायरको निर्णयका विषयलाई लिएर दुई पक्षका खेलाडीबीच विवाद भएको हो,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले भने, ‘सोही विषयलाई लिएर सामान्य हातपात भयो ।’

कुटपिटबाट दुवैतर्फका खेलाडीलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि बेलौरीस्थित इलाका प्रहरी, त्रिभुवनबस्ती इलाका प्रहरी र भारतीय प्रहरी घटनास्थल पुगेर विवाद साम्य पारेको थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us