Saturday, 2 January 2016

शुन्य डिग्री तापक्रमले नायिका प्रियंका कार्कीलाई छोएन

फिल्म कबड्डी कबड्डीुको टिमले चिसो साँझमा सफलताको न्यानोपन बाँड्दैथियो। थरीथरीका पहिरनमा झुल्किए एकसेएक सेलिब्रिटीहरु। तर सबैभन्दा बढी ध्यान खिच्न सफल भइन् अभिनेत्री प्रियंका कार्की। कबड्डी कबड्डीुमा गेस्ट रोल गरे पनि पार्टीमा चाहिँ उनी हावी भइन्।

प्रियंका सबैको आँखाबाट घेरिनुको कारण थियो उनको छोटो पहिरन। झट्ट हेर्दा पेगुमाथि पेगु थप्नेहरुले चिसोलाई च्यालेन्ज दिएका झैं देखिन्थे। तर, सबैभन्दा गतिलो च्यालेन्ज दिएकी थिइन् प्रियंकाले।

प्रियंकाको शरीर पनि हाड र मासुले नै बनेको हो। उनलाई जाडो नलाग्ने कुरै भएन। तैपनि चिसो खप्दै आफू हट्बनेर माहौललाई तताउन सकेकोमा उनको तारिफ गर्नैपर्थ्यो। आफ्नो भुवादार कोट कुन कुर्सीमा लट्किरहेको थियो, उनले बिर्सिएकी थिइन्।

पार्टीमा सहभागी एक कविले उनको तारिफ गरिहाले। गिलासभित्रको तरल पदार्थसँग छचल्किँदै ती कविले प्रियंकालाई झटारो हाने, तिमीलाई कलात्मकता भन्ने थाहा छैनरुु प्रश्नले अक्मकिइन् प्रियंका। कविले मुखबाट बाफ ओकले, तिम्रो पहिरनले कला होइन अतिरञ्जना पैदा गरेको छ।

प्रियंकाको मनसाय अतिरञ्जना फैलाउनु थियो वा थिएन, उनी नै जानून्। तर, कविजी चाहिँ अतिरञ्जित भएका थिए। उनी त्यस्तो हालतमा पुग्नुमा अरु कसैको होइन प्रियंकाकै योगदान थियो।

धेरैजसो हिरोइनका लागि जाडो याम सबैभन्दा अप्रिय मौसम होला। किनभने जाडोमा ओठ फुट्ने, गाला फाट्ने, छाला फुस्रिनेजस्ता समस्या त छँदैछ। त्यसमाथि पातलो र छोटो लुगा लगाएर आफ्ना अंगहरु एक्सपोजु गर्न पनि मिल्दैन। त्यो भनेको उनीहरुको यौवन छोपिनुसरह हो।

तापक्रम जति थोरै, लुगा पनि त्यति थोरै धारण गर्नसके भीडमा नोटिस हुन सजिलो हुन्छ। प्रियंका अँध्यारोमा पनि टल्किनुको कारण त्यही थियो। प्रियंकामात्र होइन अरु महिला सेलिब्रिटी पनि चिसोलाई मात खुवाउन सिपालु छन्। एकताका रेखा थापा यस मामिलामा अगाडि थिइन्, अचेल अलि नयाँ छिमलका अभिनेत्रीहरु प्रकट भएका छन्।

सामान्यतया युवतीहरु गर्मीमा अंग प्रदर्शन गर्छन् भने जाडोमा लुगा। गर्मीमा छोटो र पातलो लुगा लगाउँदा अंगहरु उजागर हुन्छन् भने जाडोमा खापका खाप लुगा। तर, सेलिब्रिटीको हकमा यस्तो नियम लागू नहुने रहेछ।

सेलिब्रिटी त्यसमा पनि विशेषगरी फिल्मका हिरोइनहरु आफूलाई शरीरका अंगमार्फत् अभिव्यक्त गर्न चाहन्छन्। कथाको माग भन्दै कपडा छोट्याउन खोज्छन्। र पत्रकारलाई जवाफ दिन्छन्, कथाले मागे नांगिनसमेत तयार छु।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us