तराईमा आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ता चौतर्फी निशानामा परेका छन् । चार महिना सम्म आन्दोलन गरेर आक्रोसीत बनाएका स्थानीयले पनि मोर्चाका कार्यकर्तालाई लखेट्न थालेका छन् ।
आज जनकपुरमा स्थानीयबासी र ब्यापारीले पसलमा तोडफोड गर्न खोज्ने मधेसी मोर्चाका कार्यकर्तालाई लेखेटेका छन् । साथै दुई वटा मोटरसाइकल समेत जलाइदिएका छन् ।लामो समयदेखि जनकपुरका पसलहरु बन्द छ । तर, व्यापारीहरुले बेला बेलामा सरसफाइका लागि खोल्ने गरेका छन् ।
मोर्चाका कार्यकर्ताले जानकी चोकमा पसल खोलेको भन्दै लाठी प्रहार गर्दै तोडफोड गरे । त्यसको स्थानीय र व्यापारीले प्रतिकार गरेका हुन् । मधेसी मोर्चाका कार्यकर्ताले जानकी चोकमा दुई वटा मोटरसाइकल जलाएका छन् । मधेशी मोर्चाका कार्यकर्तालाई हिजो भारतीय नागरिक र व्यापारीहरुले आक्रमण गरेका थिए । आक्रमणमा दुइ दर्जन मोर्चाका कार्यकता घाइते भएका थिए ।