२५ पुस,काठमाडौं । नेकपा एमालेका कार्यकर्ताले एमाले छोडेपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ । नेकपा एमालेका ९८ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेपछि पार्टीमा यस्तो भएको हो ।
प्रधानमन्त्री केपी ओली प्रति असन्तुष्टी देखाउँदै विज्ञप्ती जारी गरी उनीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार “ठग, अवैध धन्दा गर र कमाउ” भन्ने आसायका साथ प्रस्तुत भएको भन्दै पार्टीप्रति तीव्र असन्तुष्ट जनाउँदै पार्टी छोडेको बताएका छन् ।
साथै उनीहरुले पार्टीमा सचेत विद्रोह गरेको बताउँदै नयाँ शक्ति प्रवेश गरेको जारी विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा छ– ‘पार्टीबाट सचेत विद्रोह गरेर डा। बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति निर्माण अभियान लाई सहयोग गर्न सहयात्री बन्न जनताको बिचमा गएका छौ’
सरकारको आलोचना गरेका उनीहरुले निमुखा नागरीकहरुको नाममा विश्व समुदायबाट प्राप्त आर्थीक सहयोगको कुनै लेखाजोखा नगरी दुरुप्रयोग गरेको आरोप लगाएका छन् ।