नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफु निकट युवा नेताहरुको गोप्य भेला बोलाएका छन । यही पुस २७ गते काभ्रेको धुलिखेलमा उनले भेला गर्दै छन् । धुलिखेलको एक होटलमा गगन थापाले आफुनिकटहरुसंग छलफल गर्दै छन् । आफुनिकटका युवा नेताहरुलाई निकै नै गोप्य रुपमा बोलाइएको छ । कतिपयलाई त भेलामा के के विषयमा छलफल हुँदैछ भन्नेबारे पनि जानकारी दिइएको छैन । थापाले जिल्ला नेविसंघ अध्यक्ष लगायत पार्टीका जनवर्गिय संगठनका अध्यक्षहरुलाई समेत एक्लै आउन निमन्त्रणा दिएका छन् ।
उनीहरुलाई धुलिखेलमा सोमबार विहानै बोलाइएको हो । यसअघि नेविसंघका अध्यक्ष समेत रहेका थापाले सूचना लिक नहोस् भनेर भेलालाई अतिगोप्य बनाउन लागेको उनी निकटका एक नेताले बताए ।
नयांँ शक्ति र पार्टी महाधिवेशनमा छलफल केन्द्रित
स्रोतले दिएको जानकारी अनुसार थापाले पार्टी महाधिवेशनमा आफु महामन्त्रीमा उठ्न उपयुक्त छ या छैन भन्नेबारे पहिले छलफल गर्ने छन् ।
सहभागी सबैको राय पछि उनले महामन्त्रीमा उठ्ने नउठ्ने निधो गर्ने र यदी महामन्त्री पदमा आफुलाई पार्टीले सहयोग गरे कांग्रेसमै बस्ने तर नदिएको खण्डमा नयां शक्तिमा प्रवेश गर्ने मनसाय बनाएको स्रोतको दाबी छ । उपस्थित सबै नयाँ शक्तिमा जाने कुरामा सहमत भए थापा सहितको एक टोली नयां शक्तिमा प्रवेश गर्ने विषयमा समेत छलफल हुने बुझिएको छ ।
नयां शक्तिका लागि बाबुराम भट्टराई र गगन थापाबिच पटक पटक छलफल भइरहेको पनि स्रोतको दाबी छ । कांग्रेसबाटै नयाँ शक्तिमा गएका प्रदिप गिरीले पनि थापालाई नयाँ शक्तिमा आउन पटक पटक आग्रह गरिरहेको बताइन्छ ।
नेपाली कांग्रेस पुरानै पाराले चलेकाले र नयांलाई अवसर नदिने संस्कारका कारण पनि थापा निराश भइ कांग्रेस छोड्ने मनसाय बनाएको उनीनिकटस्थ नेता नै बताउँछन् । थापासंग यसबारे बुझ्न खोज्दा भने उनको फोन सम्पर्क हुन सकेन । यस अघि पनि गगन थापा नयां शक्तिमा जान लागेको हल्ला चल्दै आएको थियो । तर थापाले भने एक कार्यक्रममा बोल्दै आफु नयाँ शक्तिमा कुनै हालतमा नजाने बताएका थिए ।