संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमा नाकामा धर्नासहितका आन्दोलनलाई यथावत राख्दै नयाँ कार्यक्रम घोषणा गरेको छ ।
तीन दिनसम्म चलेको मोर्चाको बैठकले सरकार वार्ताप्रति गम्भीर नभएको आरोप लगाएको छ । औपचारिक र अनौपचारिक गरी २५ पटकभन्दा बढी वार्ता भएको भन्दै मोर्चाले भनेको छ(‘वार्ता र सम्वादबाट मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम लगायतका सीमान्तकृत समुदायको मुद्धाहरुको सम्बोधन प्रति प्रष्ट दृष्टिकोणको अभावले वार्ता परिणाममुखी हुन नसकेको हाम्रो ठहर छ ।’
राज्य संचालकहरुको नश्लवाली चिन्तन र एकल जातीयतामा आधारित अन्धराष्ट्रवादी मानसिकतामा कुनै परिर्वतन नभएको र सरकारको नेतृत्वमा रहेकाहरुले मधेसी लगाष्गतका सीमान्तकृत जनताप्रति अपमानजनक अभिव्यक्ति दिने क्रम समेत नरोकिएको मधेसी मोर्चाले बताएको छ ।
मधेसी मोर्चाले संसदमा रहेका संविधान संशोधन विधेयक परिर्माजन विना पारित भए आफूहरुले उठाएको मुद्दा सम्बोधन नहुने र आफूलाई मान्य नहुने बताएको छ ।
मधेसी मोर्चाले जारी आन्दोलनलाई अझ प्रभावकारी र सशक्त रुपमा अघि बढाउने भन्दै नयाँ कार्यक्रम समेत सार्वजनिक गरेको छ । उसले पुस २८ देखि माघ ७ गतेसम्मको आन्दोलनको कार्यक्रम बनाएको छ ।
जस अनुसार २८ गते जिल्ला सदरमुकाममा जुलुस प्रदर्शन, ३० गते आन्दोलनमा ज्यान गुमाएकाहरुको फोटो प्रदर्शन गर्ने, माघ २ गते लाठी जुलुस प्रदर्शन, ४ गते मसाल जुलुस प्रदर्शन, ५ गते बदिदान दिवस मनाउने र ७ गते गाउँ नगरसम्म विरोध सभा गर्ने कार्यक्रम छ ।
मधेसी मोर्चाले नयाँ कार्यक्रमसँगै जारी अन्य कार्यक्रमलाई निरन्तरता दिने बताएको छ ।