Friday, 15 January 2016

यसरी बन्न सकिन्छ बोत्तल कागज बटुलेर करोडपति

खाली बोत्तल, कागज, फलामका टुक्रा भन्दै साइकल डोर्‍याउनेहरुको मेहेनत देखेर उनी प्रभावित थिए । भारतीय मूलका नागरिकहरु काठमाडौंका गल्ली गल्ली डुलेर खाली बोत्तल, कागज र फलामका टुक्रा सङ्कलन गर्थे । के जाडो के गर्मी कुनै मौसमले पनि फरक पार्दैनथ्यो उनीहरुलाई । बिहान सबेरैदेखि राति अबेरसम्म साइकल डोर्‍याइरहेका भेटिन्थे । तर, त्यो काममा उनी कोही पनि नेपाली देख्दैनथे ।


त्यो काम, जसलाई हेयको दृष्टिले हेरिन्थ्यो । र, अहिले पनि हेरिन्छ । तर, काठमाडौंको ताहाचलबाट शिक्षा संकायमा स्नातक गरेका धादिङका रामहिरा पाठकलाई त्यो काम तल्लोस्तरको हो भन्ने लागेन । बरु उनलाई लाग्यो, यो काममा पैसा नहुने भए किन मान्छेहरु भारतदेखि आएर रातदिन खटिरहेका छन् रु साँझ बिहान केही नभनी किन खाली बोत्तल, कागज, फलामका टुक्रा भन्दै घोक्रो सुकाइरहेका छन् रु पक्कै केही छ ।

स्नातक गरिसकेका रामहिराले जागिर नखोजेका होइनन् । झुत्रा कागज सङ्कलनको काममा प्रवेश गर्नुभन्दा अघि करिब पाँच महिना काठमाडौंमा धुइँधुइँति जागिर खोजे । बिहान उठेर पत्रिकाका सूचना हेर्नु र जागिरका लागि विभिन्न कार्यालयहरु धाउनु उनको दैनिकी नै बनेको थियो । जागिरको खोजीमा भौतारिँदा भौतारिँदा चप्पलका लोता कैयन पटक छिने । खल्तीमा भएको दुई चार सय पनि कार्यालयहरु धाउँदा नै सकियो । जागिर खोजेर हार खाए उनले ।

जागिरबाट हार खाएपछि प्रतिज्ञा गरे, अब म जिन्दगीमा जागिर नै खान्न । आफ्नै केही काम गर्छु । तर, के काम गर्ने आफैंले रु उनीसँग कुनै ठोस विकल्प थिएन । उनका मनमा अनेकौं व्यवसायिक सोचहरु आउँथे । तर, पैसाको अभावमा ती हरेक सोच धेरैबेर टिक्दैनथे । छिट्टै सेलाइहाल्थे । । ती हरेक सोचलाई लगानीको भूतले तर्साइदिन्थ्यो । हातमा पैसा नभएपनि उनी कल्पनाका ठूला ठूला महल ठड्याउँथे । ठूला ठूला व्यवसाय सञ्चालनका सपना बुन्थे ।

उनले आइए पढ्दाताका ट्युसन पढाउने र चुंगिकरको कार्यालयमा करिब एक वर्ष काम गर्ने अवसर पाएका थिए । ०४६ को जनआन्दोलन सफल भएसँगै चुंगिकरको कार्यालय बन्द भयो । त्यसपछि उनी बेरोजगार बने । र, जागिरको खोजीमा भौतारिए । कसैले उनलाई पत्याएनन् । त्यसपछि उनी यस्तो काममा होमिए जुन काम न उनका बाउ बाजेले गरेका थिए । न टोल, छरछिमेक र चिनेजानेका कसैले नै ।

    भारतीय नागरिकहरु खाली बोत्तल, कागज, फलामका टुक्रा भन्दै गल्ली गल्ली चहार्थे । तर, उनी त्यो काममा नेपाली देख्दैनथे । उनलाई लाग्थ्यो, के नेपालीले चाहिँ गर्नै नहुने काम हो र यो रु

उनको गाउँमा मात्र होइन, उनको सम्झनामा भएअनुसार तत्कालिन अबस्थामा कुनै नेपालीले पनि नगरेको काम थियो त्यो । उनको दाबी छ, म नै एकमात्र नेपाली थिएँ खाली बोत्तल, कागज, फलामका टुक्रा सङ्कलनको काममा लाग्ने व्यक्ति । उनी भन्छन्, त्यो काममा तराइ मधेश मुलका नेपाली त पछि आएका हन् ।

भारतीय नागरिकहरु खाली बोत्तल, कागज, फलामका टुक्रा भन्दै गल्ली गल्ली चहार्थे । तर, उनी त्यो काममा नेपाली देख्दैनथे । उनलाई लाग्थ्यो, के नेपालीले चाहिँ गर्नै नहुने काम हो र यो रु एकातिर जागिर नपाएको पीडा अर्कातिर अन्य व्यवसायका लागि लगानी जुटाउन नसक्ने अबस्था । त्यहिकारण उनले तिनै भारतीय नागरिकहरुले गरिरहेको काम रोज्ने निर्णय गरे ।

एउटा थोत्रो साइकल किने । अनि झुत्रा कागज सङ्कलनको काममा लागे । स्नातक गरेका रामहिराको दैनिकी अब झुत्रा कागज सङ्कलनको काममा बित्न थाल्यो । बिहानै उठ्नु अनि साइकल डोर्‍याएर झुत्रा कागज खोज्दै बजार डुल्नु उनको नियमति काम हुन थाल्यो । दिउँसभरी कागज संकलन गर्थे र बेलुकी साइकलमा बाँधेर टंकेश्वरस्थित गोदाममा पुग्थे । मासिक दुई सय रुपैंयाँमा कागज थुपार्ने गोदाम लिएका थिए उनले ।

केही काम नपाएको झोकमा कागज सङ्कलनको काम गरे पनि त्यसको विस्तृत आइडिया भने थिएन । पोखरीमा हाम फालेपछि धेरथोर पौडिहालिन्छ भन्ने मान्यतामा उनले कागज सङ्कलनको काम शुरु गरेका थिए ।

निकै कागज सङ्कलन भएपछि भारतीय ठेकेदारहरु आउँथे र कागज किनेर लैजान्थे । झुत्रा कागज सङ्कलन गर्न मात्र गाह्रो थियो सङ्कलन गरेपछि विक्रीका लागि समस्या थिएन ।

साइकल डोर्‍याएर कागज बटुल्दै हिँड्दा उनीसँगै पढेका साथीहरु चाहिँ जिस्क्याउथे । चिनेजानेका मान्छे अछुत व्यवहार गर्थे । टोल छरछिमेकका मान्छे उनलाई देखेर जिब्रो टोक्थे । यो मान्छेको कस्तो मति बिग्रेको होला, बिए पास गरिसकेको मान्छेको बुद्धि किन यस्तो आएको होला भनेर कुरा काट्थे । मानौं उनी दिमाग खुस्किएर झुरा कागज बटुल्दै हिँडेका छन् उनले यो दुनियाँमा गर्नै नहुने काम गरेका छन् ।

एकदिन उनी गोरखापत्र संस्थानको कार्यालय पुगे । प्रकाश नाम गरेका व्यक्ति प्रशासन फाँटमा थिए । झुरा कागजको टेण्डर खुलेको कुरा उनले प्रकाशबाट जानकारी पाए । तर, टेण्डर भनेको के हो भन्ने कुरा नै थाहा थिएन उनलाई । के हो टेण्डर भनेको रु उल्टै प्रकाशलाई प्रश्न गरे ।

झुरा कागज खोज्दै बजारमा हिँड्ने नेपाली त्यसअघि प्रकाशले पनि नभेटेका कारण हुन सक्छ रामहिरालाई सकेको सहयोग गरे । रामहिराका नाममा टेण्डर पर्‍यो । अब टंकेश्वर गोदाममा कागजको भोलुम बढ्न थाल्यो ।

द्यययपत्यही क्रममा एकजना भारतीय नागरिकले उनीसँगै मिलेर झुरा कागजको काम गर्ने इच्छा देखाए । जसलाई सहजै स्विकारे रामहिराले । एक्लै भन्दा पार्टनरसिपमा भयो भने काम गर्न सहज होला भन्ने सोचका साथ ती भारतीयलाई आफ्नो पार्टनर बनाए । त्यसपछि साँच्चै उनलाई काममा सहज भयो । भारतीय नागरिकसँगको पार्टनरसिपपछि कागज सङ्कलन र विक्रीका नयाँ नयाँ स्थान पत्ता लाग्यो । झुरा कागज सङ्कलन र विक्रीको व्यवसायले राम्रै गति लिन थाल्यो ।

उनी झुरा कागज सङ्कलनका लागि विभिन्न प्रेस र कार्यालयहरु पुग्थे । नेपाली अझ त्यसमा पनि पहाडी समुदायको मान्छे त त्यो पेशामा लागेकै थिएनन् । त्यसैले मान्छेहरु उनलाई हिन्दी भाषामा बोलाउँथे,भैया इदर आओ इदर आओ । उनलाई चाहिँ हाँसो उठ्थ्यो । र, भन्थे( म हिन्दी बुझ्दिन नेपाली मात्रै बुझ्छु ।

केही समय पार्टनर रहेका भारतीय पछि अलग भए । अलि उमेर गएका थिए । त्यसैले म नसक्ने भएँ म भारततिरै जान्छु भनेर बिदा भए । केही नजान्दै कागज सङ्कलनको काममा लागेका रामहिराले भारतीयसँगको सङ्गतपछि धेरै कुरा जानिसकेका थिए । जसले गर्दा त्यो व्यवसाय छोड्ने भन्ने कुरै थिएन । व्यवसायिक रस राम्रैसँग भिज्न थालिसकेको थियो ।

आफू मात्रै दौडिएर व्यवसाय फस्टाउँदैन भन्ने लाग्यो उनलाई । त्यसपछि कागज सङ्कलनका लागि मान्छे राख्ने निर्णयमा पुगे । मासिक तलबमा १५, २० जना राखे । तर, ती मान्छे एक डेढ महिनाभन्दा बढी टिकेनन् । कागज खोज्दै बजारमा जान लाज माने । विभिन्न बहाना बनाएर ती सबैले पालैपालो काम छोडे ।

पुराना कागजको अर्डर निकै आउँथ्यो । तर, अर्डर पूरा गर्न नसक्ने अबस्थामा थिए उनी । नेपालमा कागज बटुल्ने मान्छे पाएनन् त्यसपछि भारतको बिहार गएर केही मान्छे ल्याए । तिनलाई राम्रै कमिशन दिए । काममा लाग्न प्रेरित गरे । उनीहरुका आधारभूत आवश्यकता पूरा भएपछि काममा निकै खटिए ती मान्छे ।

गोदाममा पुराना कागजको ओइरो लाग्यो । तर, कागज उठाउने मान्छे आएनन् । तिर्नुपर्ने पैसा पनि तिरेनन् । अब उनी समस्यामा परे । बिहार पुगेर काम गर्ने मान्छे खोजेर ल्याउनु पनि कागज किन्नेहरु नआउनु पनि । दोहोरो समस्या आइपर्‍यो ।

गोदामको कागज बिक्रीका लागि उनी जनकपुर पुगे । जनकपुरको एभरेष्ट पेपर मिल्समा गएर कुरा गरे । एभरेष्ट मिल्सका सञ्चालकले कानुनी रुपमा दर्ता भएको कुनै व्यवसायिक संस्थाबाट मात्रै कागज लिन सकिने बताएपछि उनी काठमाडौं फर्किएर गौरब सप्लायर्स नामको व्यवसायिक फार्म खोले । पुराना, झुुत्रा कागज सङ्कलन र विक्रीको काम अब उनी गौरब सप्लायर्समार्फत् गर्न थाले । एभरेष्ट पेपर, भृकुटी कागज लगायतका उद्योगमा पुराना कागज विक्री गरिरहेका उनलाई पछिल्लो पटक एम के पेपर मिल्सबाट एउटा प्रस्ताव आयो । पार्टनरसिपको प्रस्ताव । त्यसपछि उनी एम के पेपर मिल्समा जोडिए ।

पुराना कागज सङ्कलन र विक्री वितरणको काम गौरव सप्लायर्स मार्फत हुन थाल्यो भने कागज पुनस् प्रसोधनको काम एम के पेपर मिल्सबाट । अब भने पुराना कागजको खपतका लागि ग्राहक खोज्दै हिँड्नुपर्ने झञ्झट हट्यो ।

पुराना कागज सङ्कलनका लागि साइकल डोर्‍याएर बजार डुल्ने रामहिरा पेपर मिल्सका मालिक बने । त्यसपछि छपाइ सम्बन्धि कामका लागि छुट्टै प्रेस खोले । थोत्रा कागज सङ्कलन गर्ने, त्यसलाई प्रशोधन गरेर फेरि नयाँ कागज बनाउने अनि आफ्नै प्रेसमा छपाइ गर्ने । फेरि कापी, पुस्तकका रुपमा तिनलाई बजारमा पठाउँने अनि फेरि उसैगरी गौरब सप्लायर्समार्फत् एम के पेपर मिल्समा पठाएर नयाँ कागज बनाउने । एक किसिमको चक्रिय व्यवसायमा परिणत भयो कुनैबेला थोत्रो साइकलबाट शुरु भएको उनको झुत्रा कागजको व्यवसाय ।

झुत्रा कागजसँगै थोत्रा प्लाष्टिक र प्लाष्टिकजन्य सामग्रीहरुको सङ्कलन पनि गथ्र्यो गौरव सप्लायर्सले । पछि तिनै प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थको पुनः प्रशोधन गर्ने उद्योग नै खुल्यो, प्लाष्टिक उद्योग प्रा।लि। । जुन उद्योगबाट अहिले प्लाष्टिक तथा प्लाष्टिकजन्य भाँडाहरु उत्पादन भइरहेका छन् ।

    काठमाडौंको एक नाम चलेको स्कुलमा पढ्थे उनका छोरा । तर, बुवाले कबाड व्यवसाय गरेको भन्दै उनलाई सबैले कबाडी कबाडी भनेर बोलाउन थाले । त्यसपछि छोरा त्यो स्कुल जानै मानेनन्

रामहिराको प्रत्यक्ष लगानीमा सञ्चालित अर्को व्यवसायिक संस्थाको नाम हो, संकलन एवं व्यवस्थापन केन्द्र कबाडी प्रा।लि।। फलाम तथा फलामजन्य पदार्थहरु बजारबाट सङ्कलन गरेर प्रशोधनका लागि अन्य उद्योगमा पठाउने काम गरिरहेको छ यो कम्पनीले । देशका नाम चलेका डण्डी उद्योगहरुमा यही कम्पनीमार्फत कच्चा पदार्थ आपूर्ति भइरहेको छ ।

कबाडी सामानहरु सङ्कलनका लागि विभिन्न कलेक्सन सेन्टरहरु छन् रामहिराका । मुख्य केन्द्र बल्खुमा छ भने अन्य शाखाहरु उपत्यकाका विभिन्न स्थानहरुमा । चार पाँचवटा गाडी र दर्जनौं साइकल कबाड सामानहरुको ओसारपसारमा दैनिक रुपमा परिचालित छन् । मासिक करिब १५ सय टन थोत्रा कागज र हजार टन फलामका टुक्रा सङ्कलन हुन्छ उनको कम्पनीमा ।

एउटा थोत्रो साइकलबाट शुरु भएको व्यवसाय अहिले करोडौंमा पुगेको छ । कागज उद्योग, प्लाष्टिक उद्योग, गौरव सप्लायर्स, कबाडी उद्योग लगायतमा गरी अहिले सयौंले रोजगारी पाएका छन् । जतिबेला उनी रोजगारीका लागि भौतारिन्थे त्यतिबेला सायदै सोचेका थिए होलान्, म सयौंलाई रोजगारी दिने अबस्थामा पुग्नेछु भनेर ।

कबाड व्यवसायमा लागेको भन्दै सुरुवातीका दिनमा उनले थुप्रैको अपहेलना सहे भने पछिल्लो समयमा अपहेलनाको शिकार उनका छोरा भए । काठमाडौंको एक नाम चलेको स्कुलमा पढ्थे उनका छोरा । तर, बुवाले कबाड व्यवसाय गरेको भन्दै उनलाई सबैले कबाडी कबाडी भनेर बोलाउन थाले । त्यसपछि छोरा त्यो स्कुल जानै मानेनन् ।

सबै व्यवसायीहरुका आ(आफ्नै संस्था थिए । व्यवसायिक हकहितका लागि भनेर थुप्रै संघ संस्था खुलेका थिए । ०५१र०५२ सालतिर उनलाई पनि कबाड व्यवसायीहरुको संस्था खोल्न मन लाग्यो । तर, कार्यसमितीको संख्या पुर्‍याउन नै हम्मे पर्‍यो उनलाई । कारण यो व्यवसायमा नेपाली नागरिक अत्यन्त कम थिए । नेपाली नागरिकता नभई जिल्ला प्रशासनमा दर्ता नहुने । त्यसैले संस्था नै दर्ता भएन त्यो पटक । केही वर्षपछि चाहिँ यो व्यवसायमा अन्य नेपाली प्रवेश गरेपछि कार्यसमितिका लागि नागरिकता पुग्यो र संस्था दर्ता भयो । अहिले उनी त्यो संस्थाको पनि अध्यक्ष छन् ।

कुनैबेला संस्था दर्ताका लागि कार्यसमिति सदस्य पुर्‍याउँन समेत हम्मे भएको यो व्यवसायमा अहिले उपत्यकामा मात्रै ११ हजार भन्दा बढि संलग्न छन् । र, ती मध्ये केही रामहिराहरु फलामका टुक्रा र थोत्रा कागजमा पनि हिरा झैं चम्किएका छन् । त्यसैले त रामहिरा भन्छन्, कुनैबेला कबाडी भनेर हेप्नेहरु मेरो सफलता देखेर अचम्मित मात्र भएका छैनन् हामीलाई पनि केही बाटो देखाइदे न भन्न थालेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us