भारतले गरेको नाकाबन्दी र मधेसी मोर्चाले गरेको आन्दोलनका कारण २२ सय उद्योगहरु बन्द भएको व्यवसायीले बताएका छन् । उद्योगहरु बन्द हुँदा ४ लाख बढी कामदारहरु बेरोजगार भएका छन् ।
उद्योग वाणिज्य महासंघले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा उद्योगी सौरभ ज्योतीले यो तथ्य पेश गरेका हुन् । उद्योग वाणिज्य महासंघको राजश्व समितिका सभापतिसमेत रहेका ज्योतीले भने, ‘तराई(मधेसमा १५२ दिनसम्म बन्द हड्ताल भएको छ, २२ सय उद्योग बन्द भएका छन्, अर्थतन्त्र फ्री फल भैरहेको छ ।’
तराई मधेसमा जारी आन्दोलनका कारण व्यवसायीले दैनिक २ अर्ब घाटा व्यहोरिरहेको उनले बताए । ३१ प्रतिशत व्यापार घटेको र कूल ग्राहस्थ उत्पादन दर शून्य दशमलव ९ प्रतिशत गिरेको तथ्यांक उनले प्रस्तुत गरे ।
भूकम्पले प्रभावित भएको अर्थतन्त्रलाई बन्द हड्तालले झनै तहस नहस पारेको भन्दै ज्योतीले छिटो समस्याको समाधान खोज्न आग्रह गरे ।
‘उद्योग कलकारखाना र व्यापार व्यवसाय बन्द हुँदा त्यसमा कार्यरत ४ लाख कामदारको रोजीरोटी गुमेको छ,’ ज्योतीले भने, ‘भूकम्पले १४ जिल्ला प्रभावित पारेको थियो तर बन्द हड्तालले ७५ वटै जिल्ला प्रभावित भएका छन् ।’
भूकम्पले ७ लाख नेपालीलाई र अहिले जारी बन्द हड्तालले थप ७ लाखलाई गरीबीको रेखामुनि पारेको उनले बताए ।
कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको समस्या समाधान गर्न सरकार गम्भीर रहेको भन्दै धैर्य गर्न आग्रह गरे । उनले भने, ‘निजी क्षेत्रलाई परेको समस्या समाधान गर्न सरकार गम्भीर छ, धैर्य गर्नुहोस् ।’
मन्त्री पौडेलले तराई-मधेसमा जारी आन्दोलन र नाकाबन्दी छिट्टै अन्त्य हुने दाबीसमेत गरे ।