Friday, 8 January 2016

चौतर्फी विवादपछि स्तन खादाले छोपेर फोट सुट गराउने नायिका थापाले गरिन बिलौना

नायिका शुभेच्छा थापाले खादाले स्तन छोपेर चलचित्रको लागि फोटो सुट गराएपछि फेरि विवादमा परेकी छन् ।बौद्ध  धर्मको अपमान गरेको भन्दै उनलाई चलचित्र संघले पनि कारबाही गर्ने संकेत गरेको छ ।
  चबौद्धधर्मालम्बिले पवित्र मान्ने खादाको दुरुपयोग गरेको भन्दै सुभेच्छालाई सामाजिक सञ्जालमा बहिस्कार गर्नुपर्नेसम्मका कमेन्टहरु आएका छन् । उनलाई कारबाही गर्न बौद्ध धर्म मान्ने विभिन्न संघ सस्थाले माग पनि गरेका छन् । थापाले आगामी माग २३ गतेबाट रिलिज गर्न लागेको चलचित्र बिन्दास ३ को लागि खादाले मात्र  स्तन छोपेर फोटो सुट गराएकी थिइन । 

अन्जानमा गल्ती भएको भन्दै नायिका थापाले मागिन माफी 
नायिका थापाले जानी जानी नभइ अन्जानमा आफुबाट गल्ती भएको भन्दै सबैसंग माफी मागेकी छन् । निकै भावुक हुंदै उनले आफुले पनि धर्ममा विश्वास गर्ने भन्दै धर्मको अपमानको लागि नगरेको बताएकी छन् । उनले प्रेस विज्ञप्ती नै जारी गरेर माफी मागेकी छन् । 

शुभेच्छा इन्टरटेन्टमेन्टले जारी गरेको  विज्ञप्तीमा भनिएको छ कुनै पनि धर्म तथा सम्प्रदायको मनोभावनामा ठेस पु¥याउने म लगायत चलचित्र विन्दास परिवारको उद्देश्य होइन । मेरो लागि सबै धर्म समान हुन्, यदि म बाट अन्जानमै कोही कसैको धर्म, आस्था र विचारमा आँच पुग्न गएको भए म त्यसको लागी क्षमा माग्दछु ।  नायिका थापाले यस अघि पनि माछाले स्तन छोपेर गरेको फोटो सुट पछि नकिै विवाद भएको थियो । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us