काठमाडौं । चर्चा कमाउनका लागि पछिल्लो समय नायिकाहरुले अनेकन कार्य गर्ने गर्दछन् । फिल्ममा कथाले मागेर होस् या चर्चाका लागि मात्रै होस नायिकाहरु फिल्म प्रदर्शनको समय नजिकिदै गर्दा आफ्ना नांगा तस्विर सार्वजनिक गर्दछन् ।
कतिपय अवस्थामा फिल्म निर्देशकले पनि नायिकालाई फिल्मको चर्चाका लागि नंगाउने गर्दछन् । त्यस्तै मध्येका निर्देशक पर्छन राजु गरी । राजु गिरीले पनि फिल्म प्रदर्शनको तयारी गर्दै गर्दा फिल्मको पोष्टरमा नायिकालाई नंगाएर प्रस्तुत गर्दछन् । हुन त निर्देशकको चाहानाले मात्र यो सबै हुने होइन यसमा नायिकाको पनि चाहाना हुनै पर्दछ । यस्तै फिल्म प्रदर्शनको समय नजिकिर्दै गर्दा आफ्ना विकिनी फोटा सार्वजनिक गर्न रुचाउने नायिका हुन शुभेच्छा थापा । माघ २२ गतेबाट रिलिजको समय फिक्स भएको नायिका थापाको फिल्म बिन्दास ३ मा नायिका थापाले अहिले विकिनी फोटो सार्वजनिक गरेकी छन् ।
जसको चर्चा फेरि चुलिएको छ । निकै पातलो कपडाले वक्ष्यस्थल छोपेर उनले तस्वीर खिचेकी छन् । बिन्दास ३ को पोष्टरका लागि खिचिएको सो फोटो निकै हट देखिएको छ । उनले यस अघिका फिल्म मिस नेपालमा पनि निकै हट तस्विर दिएकी थिइन । त्यस्तै माछाले स्तन छोपेर खिचेको थापाको तस्विरले पनि चर्चामात्र कमाएर निकै ठुलो विवाद निम्ताएको थियो ।
यसरी विवाद चर्चाका विच नायिका थापाले आफ्नो काम भने निरन्तर अगाडी बढाएकी छिन् । उनलाई अहिले सदावहार नायिकाका रुपमा पनि हेर्न थालिएको छ । कतिपय नायिकाहरु विदेशीने लर्को चलेपनि पनि नायिका थापा भने आफ्नै ब्यानरमा फिल्म बनाएर नेपाली फिल्म क्षेत्रलाई केही योगदान दिने कार्यमा खटिरहेकी छन् ।