Saturday, 2 January 2016

भारतको एयरबेसमा आतंकबादी हमला,८ जनाको मृत्यु

पंजाब-पंजाबको पठानकोट एयरबेसमा अातंकवादी हमला हुँदा पाँच अातंककारी र तीन सुरक्षाकर्मीको ज्यान गएको छ। अातंकवादीले गरेको हमला पनि भएको दोहोरो मुठभेड करिव ५ घण्टासम्म चलेको भारतीय संचार माध्यमले जनाएका छन्।

संदिग्ध हमलाकारीको खोजी कार्य जारी छ। घटनापछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। अातंकवादीहरूले झुक्याएर एक्कासी एयरफ़ोर्सको क्याम्पमा हमला गरेका थिए।

पठानकोट नजिकैको कालगढको एयरफोर्स स्टेशनमा हतियारधारी हमलाकारीहरू घुसेर सुरक्षा बलमाथि धावा बोलेका थिए। पठानकोट पाकिस्तान सीमा नजिकै भारत प्रशासित कश्मीर जोड्ने सडक किनारामा पर्छ। बिहानै करिव साढे तीनबजे हमला भएको बताइएको छ।

प्रहरी श्रोत उल्लेख गर्दै भारतीय संचार माध्यमले जनाए अनुसार मारिने पाँचाै अातंकवादी एयरबेसको क्याम्प भित्रै लुकेका थिए। उनलाइ सरकारी सुरक्षाकर्मीले खोजीखोजी गोली हानेर ज्यान लिएका छन्। १० देखि १५ जना हमलाकारी रहेका हुनसक्ने सरकारी विवरणहरूमा उल्लेख छ।

गृहमन्त्री राजनाथ सिंहले सर्च अप्रेशन जारी रहेको भन्दै अातंकवादीहरूलाइ चोटिलो जवाफ दिने बताए। उनले सेनाको वहादुरीको प्रशंसा गरेका छन्।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us