Wednesday, 6 January 2016

गैर कानुनीहरु होसियार, बेलायतमा बस्ने नेपालीहरु धमा धम पक्राउ पर्दै

बेलायतमा गैरकानुनी हैसियतमा बसेका नेपाली समातिने क्रम बढेको छ ।

 प्रहरीले घरैमा गएर नेपालीलाई गिरफ्तार गरी नेपाल फर्काउन थालेको छ । गैरकानुनी रुपमा बसिरहेका केही नेपाली प्रहरी हिरासतमा रहेको जानकारी लन्डनस्थित नेपाली दूतावाससम्म आइपुगेको छ ।

गैरकानुनी रुपमा बस्नेबाहेक बैंक ठगीदेखि बलात्कार र कुटपिटसम्मका अपराधमा केही नेपाली जेल परेको समेत पाइएको छ ।

 रवीन्द्र लामा र सीचा ९नाम परिवर्तन० दम्पत्ति गैरकानुनी रुपमा बसेको आरोपमा एक महिनादेखि प्रहरी थुनामा छन् । उनीहरुले भिसा बढाउन निवेदन दिएका थिए ।

तर, अध्यागमन अधिकारीहरुले बिनासूचना उक्त जोडीलाई भिसा अस्वीकृत भएको जनाउँदै घरबाटै समाते ।

स्रोतका अनुसार लामा दम्पत्ति स्वविवेकले नेपाल फर्कन तयार रहे पनि अध्यागमन अधिकारीले यसमा वेवास्ता गरिरहेका छन्, ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us