Thursday, 7 January 2016

विरगञ्ज बाहेका सबै नाका खुले

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन कायमै रहे पनि वीरगन्जबाहेक मुलुकका अन्य सबै प्रमुख नाकाबाट पहिलेजस्तै आयात निर्यात सुरु भएको छ। नेपालको नयाँ संविधानप्रति असन्तुष्टि जनाएको भारतले असोज ७ देखि अघोषित रुपमा नाकाबन्दी लगाएको थियो। तर पछिल्लो १० दिनयता भारतले वीरगन्जबाहेक अन्य प्रमुख नाकाबाट नेपाल भित्रिने मालवाहक कन्टेनर प्रवेशमा कुनै कडाइ गरेको छैन।

नयाँ संविधानमा समेट्न भन्दै पठाएको ७ बुँदे प्रस्तावलाई वास्ता नगरी नेपालले नयाँ संविधान बनाएपछि रिसाएको भारतले अघोषित रुपमा नाकाबन्दी लगाएको थियो।

नाकाबन्दीका कारण दुई मुलुकबीच तनाव बढेका बेला कांग्रेस सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई अगाडि बढाउने मन्त्रिपरिषदको निर्णयलाई भारतले स्वागत गरेपछि नाकाबन्दी खुकुलो हुने संकेत देखिएको थियो।

भन्सार विभागका अनुसार अहिले असोज ७ भन्दा पहिलेकै अवस्थामा कन्टेनर नेपाल भित्रिएका छन्। भारतीय सीमा सुरक्षाबल ९एसएसबी० ले पहिले कन्टेनर संख्या गनेर पठाउने गरेकामा अहिले कुनै रोकावट गरेको छैन। नाकाबन्दीका बेला दैनिक औसत एक सयको संख्यामा पनि कन्टेनर नेपाल नपठाएको भारतले अहिले ११ सयभन्दा बढी पठाइरहेको छ।

वीरगन्जबाहेक अन्य प्रमुख नाकाबाट पूर्ण क्षमतामा मालवाहक कन्टेनर नेपाल भित्रिएका छन्,ु भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले बिहीबार नागरिकसँग भने, ुनाकाबन्दीपछि वीरगन्जबाट भने अहिलेसम्म एक कन्टेनर सामान पनि आउन सकेको छैन।

मेची, विराटनगर, वीरगन्जको सुख्खा बन्दरगाह, भैरहवा, कृष्णनगर, नेपालगन्ज र कैलाली लगायतका भन्सारबाट दैनिक कुनै अवरोधबिना कन्टेनर नेपाल आइरहेको ढुंगानाले जानकारी दिए। भारतसँग जोडिएका धेरै भन्सार नाकामध्ये यी सबैभन्दा ठूला हुन्।

ुपछिल्लो १० दिनदेखि दैनिक औसतमा एक हजार एक सयका दरले कन्टेनर नेपाल भित्रिएका छन्,ु उनले भने, ुवीरगन्ज बाहेकका यी भन्सारबाट नाकाबन्दी भन्दा पहिले योभन्दा पनि कम कन्टेनर आउने गर्थे।ु उनका अनुसार वीरगन्जबाट सामान ल्याउने व्यवसायीले रि–रुट गरेका कारण अन्य नाकाबाट बढी कन्टेनर आउने गरेका हुन्। ढुंगानाका अनुसार मंगलबार एक हजार २ सय ६ वटा कन्टेनर नेपाल आएकामा बुधबार एक हजार ३ सय ५ वटा भित्रिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले पनि वीरगन्जबाहेक अन्य प्रमुख भन्सार नाकाबाट अहिले सहज रुपमा सामान नेपाल भित्रिएको जानकारी दिए।

तीन महिनायता पहिलोपल्ट अहिले आयात– निर्यात सहज भएको छ,उनले नागरिकसँग भने, वीरगन्जबाहेकका नाकाबाट नाकाबन्दी अगाडि आउनेभन्दा पनि धेरै संख्यामा कन्टेनर नेपाल भित्रिएका छन्। अध्यक्ष मुरारकाले वीरगन्जस्थित ड्राइपोर्ट पनि पहिलेभन्दा बढी सहज भएकाले सामान ल्याउन सजिलो भएको बताए। उनले भारतीय भन्सारमा अहिले नेपाली कन्टेनर पहिलाको जस्तै लाम लागेर बस्नु नपरेको जानकारी दिए। उनले नाकाबन्दीका समयमा कन्टेनर लाइनमा बस्दा व्यवसायीले ६–७ अर्ब रुपैयाँ विलम्ब शुल्क तिर्न बाध्य भएकामा अहिले विलम्ब शुल्क तिर्नुपर्ने गरी लाइनमा बस्नु नपरेको बताए।

अर्का एक व्यापारी नेताले भारतले जसरी अघोषित रुपमा नाकाबन्दी लगाएको थियो, अहिले त्यसरी नै बिस्तारै सबै खुला गर्दै लगेको बताए।

वीरगन्जबाहेकका नाकाबाट व्यापार सहज बनेपछि ती नाकामार्फत पेट्रोलियम पदार्थ पनि पर्याप्त आइरहेको छ। पछिल्ला केही दिनमा दैनिक २० लाख लिटरभन्दा बढी पेट्रोलियम पदार्थ भित्रिएको भन्सारको तथ्यांकले देखाएको छ। शनिबार र आइतबारलाई बाहेक पेट्रोलियम पदार्थ बोकेका एक सयभन्दा बढी ट्यांकर दैनिक नेपाल भित्रिएका छन्। भारतमा शनिबार र आइतबार बिदा परेकाले धेरै टं्याकर आउन नसकेका हुन्।

विभागका महानिर्देशक ढुंगानाले भारतीय नाका जोडिएका भन्सार नाकामार्फत आयातनिर्यात बढेकाले यसको प्रभाव सरकारी राजस्वमा पनि परेको बताए। नाकाबन्दीका समयमा दैनिक औसत २० करोड रुपैयाँ राजस्व असुली हुने गरेकामा अहिले ५७ करोड पुगेको छ,उनले भने, यस्तै स्थिति रहे लक्ष्यको ९० प्रतिशतसम्म उठाउने अनुमान गरेका छौं।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us