Wednesday, 30 December 2015

चर्चित फुटबलर मेसीका गोलै गोल, बार्सिलोनाको ५०० औं खेलमा मेसीका मात्रै ४२५ गोल

१६ पुस, काठमाडौं । अर्जेन्टिनी स्टार लिओनल मेस्सीले बार्सिलोनाका लागि आफ्नो ५०० औं खेलमा ४२५ औं गोल गरेका छन् ।
मेस्सी र लुइस स्वरेजको गोलको मदतमा रियल बाटिसलाई हराउँदै बार्सिलोनाले २०१५ को सुखद विदाइ गरेको छ ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले रियल बाटिसलाई ४(० गोल अन्तरले हराएको छ ।
रियल बाटिसका गोलरक्षकले २९ औं मिनेटमा मेस्सीलाई फल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो । तर, नेयमारको प्रहार बारमा लागेर फर्कियो । र, बाटिसका हाइकोले आत्मघाती गोल गरे ।
३३ औं मिनेटमा मेस्सीे गोल गरे । बार्सिलोनाका लागि ५०० औं खेल खेलिरहेका मेस्सीको यो ४२५ औं गोल समेत हो ।
दोस्रो होफको सुरुमा नै स्वरेजले गोल गरे । उनले ८३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४(० को जित दिलाए । योसँगै बार्सिलोनाले सन् २०१५ मा १८० गोलको स्पेनिस कीर्तिमान समेत बनाएको छ ।
अर्को खेलमा एथ्लेटिको मड्रिडले रायो लाभेलकानोलाई २(० ले हराएको छ भने रियल मड्रिडले सोसिडाडलाई ३(१ ले हराएको छ ।
जितपछि बार्सिलोना १६ खेलबाट ३८ अंकसहित शीर्ष स्थानमा छ भने एथ्लेटिको मड्रिड १७ खेलबाट ३८ अंकका साथ दोस्रो र रियल मड्रिड ३६ अंकका साथ तेस्रो स्थानमा छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us