Wednesday, 30 December 2015

रेलको शौचालयमा नेपाली महिलाले जन्माएको बच्चा लिकमा खसेपछि…

पुस १५, २०७२- चलिरहेको रेलको शौचालयमा एक नेपाली महिलाले जन्माएकी नवजात शिशु चिप्लिएर रेलको ट्रयाकमा खसेर पनि सकुशल रहेकी उत्तर प्रदेश रेलवेका अधिकारीले जनाएका छन् । सोमबार भोजपुरा रेलवे स्टेसननेर ट्रयाकमा खसेकी नवजात शिशुलाई सामान्य चोटमात्र लागेको बताइएको छ । नेपालको कञ्चनपुरकी पुष्पा नामक महिलाले टनकपुरबाट बरेली गइरहेको रेलको शौचालयमा बच्चीलाई जन्म दिएकी थिइन् । बच्ची खसेको थाहा पाएपछि उनले चिच्याएर अरु यात्रीलाई खबर गरेकी थिइन् । यात्रीले आपतकालीन चेन तानेर रेल रोकेका थिए । रेलको ड्राइभरले स्टेसन म्यानेजरलाई खबर गरेपछि तुरुन्त एम्बुलेन्स बोलाएर शिशुलाई अस्पताल पुर्‍याइएको थियो । अहिले आमा र बच्ची दुवैको भारतकै अस्पतालमा उपचार भइरहेको र दुवै स्वस्थ रहेको अस्पतालले जनाएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us