Monday, 28 December 2015

जनकपुरको जानकी प्रहरी चौकीमा पेट्रोल बम प्रहार

जनकपुरधाम : सद्भावना अध्यक्ष राजेन्द्र महतोमाथि प्रहरीले विराटनगरमा दमन गरेको विरोधमा प्रर्दशनमा उत्रिएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले जनकपुरको जानकी प्रहरी चौकीमा तीनवटा पेट्रोल बम प्रहार गरेका छन् । मोर्चाद्धारा जनकपुर बन्दलाई सशक्त बनाउने निर्णय गरेर सोमबार विहानैदेखि प्रर्दशनमा उत्रिएका आन्दोलनकारीले जानकी मन्दिर पछाडी रहेको प्रहरी चौकीमा ढुंगामुढा सुरु गरेपछि दुईतर्फी झडप सुरु भएको थियो । झडपका क्रममा प्रहरीले समेत प्रर्दशनकारीहरुलाई लखेट्दै कुटपिट गर्न थालेपछि प्रर्दशनकारीहरुले पेट्रोल बम प्रहार गरेका हुन् । बम प्रहारबाट कुनै मानवीय क्षति भएको छैन । प्रहरीले समाचार संकलनमा गएका अप्पन टेलिभिजनको क्यामरा लाठीले फुटाउनुका साथै सञ्चारकर्मी आस्तिक साह, रामहृदय यादव र क्यामरा मेन राकेश मिश्रलाई पक्राउ गरेको छ । त्यसैगरी जानकी चौकका १४ वर्षीय जितेन्द्र ठाकुर प्रहरीको कुटपिटबाट गम्भीर घाइते भएका छन् । प्रहरीले केही प्रर्दशनकारीहरुलाई नियन्त्रणमा लिएको छ ।अन्नपूर्णा पोस्ट

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us