Thursday, 24 December 2015

बलपूर्वक ‘पोर्नस्टार’ बनाइएकी विन्दु परियारले जितिन मुद्दा, ७५ करोड क्षतिपूर्ती पाउने

नेपालीमुलकी पोर्नस्टार विन्दु परियार को हुन भन्ने नखुलेको अवस्थामा उनको जीवनको रहस्य खुलेको छ । फेसबुक, इन्टरनेट र अनलाइन मिडियाहरुमा पोर्न स्टारका रुपमा प्रचारित विन्दु परियार को हुन् ?
उनलाई पोर्न गर्लका रुपमा मात्रै लिने र अझ नेपाली ‘पोर्न गर्ल’ भनेर चर्चा गर्ने धेरैलाई उनको वास्तविकता थाहा छैन । विन्दु परियारका नाममा अनलाइनमा प्रसारित सयौं भिडियोहरु थुप्रैले हेरिसकेका छन् । तर, खासमा विन्दु को हुन् वा के–का लागि अहिले पनि संघर्षरत छिन्, त्यो धेरै कमलाई मात्रै थाहा छ ।

अमेरिकी अदालतले परियार पोर्नस्टार बन्नुमा उनकै श्रीमानको दोष रहेको भन्दै क्षतिपूर्ती भराउन समेत आदेश दिएको छ । अदालतको आदेश अनुसार अब परियारले उनका श्रीमान् टम रान्डेल सेवेलबाट ७२ लाख डलर अर्थात् ७२ करोड नेपाली रुपैयाँ क्षतिपूर्ती पाउनेछिन् । परियारलाई टमले पोखराको हेम्जाबाट अमेरिका लगेर विवाह गरेका थिए । अमेरिका लगे पश्चात् विन्दुलाई झुक्याएर उनले ब्रेस्ट इम्प्लान्ट गर्न लगाएका र पासपोर्ट समेत लुकाईदिएका थिए ।
टमले नै विन्दुलाई नग्न क्लवमा काम गर्न बाध्य पारेको र परपुरुषसित यौन कार्य गर्न लगाई भिडियो खिच्ने गरेको समेत विन्दुले अदालतसमक्ष बताएकी थिइन् । परियारका विभिन्न यौन भिडियोहरु विश्वका सयौं अश्लिल साईटहरुमा अपलोड गरिएका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us