
यद्यपि उनले श्रीमती सीताको फेसबुकमार्फत आफू र पार्टीबारे आएका सकारात्मक र नकारात्मक टिप्पणीबारे भने जानकारी लिने गरेका थिए । प्रचण्डलाई फेसबुकमा क. प्रचण्ड र ट्वीटरमा कमरेड प्रचण्डका नाममा भेट्न सकिने छ । यो समाचार तयार पार्दासम्म फेसबुकमा करिब आठ हजार र ट्वीटरमा पाँच सय फ्लोअर्स पुगिसकेका छन् ।
यस्तै प्रचण्डको व्यक्तिगत वेबसाइट सीएम प्रचण्ड डटकम पनि नियमित अपडेट हुने प्रचण्ड पुत्र प्रकाश दाहालले जानकारी दिए । प्रकाशका अनुसार प्रचण्डको दिनभरको राजनीतिक गतिविधिबारे फेसबुक, ट्वीटर र वेबसाइटमार्फत सर्वसाधारण र सञ्चार माध्यमलाई जानकारी गराइनेछ ।