Friday, 18 December 2015

एकाविहानै सुदूरपश्चिममा ठूलो भूकम्पको धक्का महसुुस

बैतडी, पुस ४ । पश्चिम नेपालको सुदूरपश्चिममा आज(शनिबार) बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । केन्द्रीय भूकम्पमापन केन्द्र काठमाडौँका प्रमुख लोकविजय अधिकारीले बिहान ४ बजेर २ मिनेटमा बाजुरा जिल्लाको जगन्नाथ आसपास केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको बताए ।

 उनका अनुसार भूकम्पको धक्का महसुस सुदूरपश्चिमलगायत मध्यपश्चिमका अधिकांश जिल्लामा गरिएको छ । रासस

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us