Wednesday, 30 December 2015

महानायक राजेश हमालले नायिका शिल्पा पोखरेललाई केक खुवाएपछि.....

बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा ‘हामी उठ्ने छौं’ शीर्षकमा सामूहिक चित्रकला प्रदर्शनी सुरु भएको छ । वुधबारदेखि सुरु भएको प्रदर्शनीको नेपाली चलचित्रका चर्चित नायक राजेश हमालले उद्घाटन गरे । उनले ‘हामी उठ्ने छौं’ को लोगो अंकित चित्र अनावरण गरेर प्रदर्शनीको उद्घाटन गरेका थिए ।

उनले चित्रकलामा सहभागी भएका कलाकारलाई केक काटेर पनि खुवाए । नायिका शिल्पा पोख्रेललाई पनि हमालले केक खुवाएका थिए । यी दुइले एकसाथ चलचित्र ‘फागू’मा काम गरेका छन् ।

कार्यक्रममा बोल्दै नायक राजेश हमालले ललितकला अध्ययनरत विद्यार्थीहरुले नेपालको चित्रकलालाई उठाउन प्रयास गरेकोम खुशी व्यक्त गरे । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नात्तोकत्तर दोश्रो समेष्टरमा अध्ययनरत विद्यार्थीहरुले गरेको ‘हामी उठ्ने छौं’ चित्रकला प्रदर्शनी पौष १९ गतेसम्म चल्नेछ । प्रदर्शनीमा ७० वटाभन्दा बढी चित्र राखिएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us