Wednesday, 23 December 2015

नेपालका २२ जिल्ला भारतमा गाभ्नुपर्ने अभिव्यक्ति दिने भारतीय सांसद निलम्बित

http://www.onlinecanadanepal.com/2015/12/bjp-mp-kirti-azad-suspended.html
भारतीय जनता पार्टीले विवादास्पद अभिव्यक्ति दिएको आरोपमा आफ्ना सांसद् कीर्ति आजादलाई निलम्बन गरेको छ ।
                        (भिडियो हेर्नुहोस)-Click Here For Video


केन्द्रीय अर्थमन्त्री अरुण जेटलीविरुद्ध उनले तल्लो स्तरको शब्द प्रयोग गरी सार्वजनिक रुपमा गाली गलौज गरेका थिए ।

अर्थमन्त्री जेटली दिल्ली क्रिकेट विकास बोर्डको अध्यक्ष रहेका बेला नक्कली कम्पनी खडा गरी रकम मुक्तानी गरेर भ्रष्टाचार गरेको आरोप आजादको थियो । भाजपाभित्र उनको अभिव्यक्तिको चर्को विरोध भएको थियो ।

भाजपा प्रवक्ता शाहनवाज हुसैनले आजादलाई निलम्बन गरिएको पुष्टि गरेका छन् । केही समयअघि मात्र आदाजले नेपालको सार्वभौमिकताविरुद्ध अभिव्यक्ति दिएका थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us