Monday, 21 December 2015

४५ सेकेन्ड विश्वलाई भ्रमित पारेको जीन्दगी नविर्सने चर्चित काण्ड

अमेरिकी सहर लस भेगासमा आइतबार भएको मिस युनिभर्स प्रतियोगितामा ४५ सेकेन्डमा दोस्रो मिस युनिभर्स घोषणा भयो।

मिस युनिभर्सको अन्तिम दुई प्रतिस्पर्धीमा कोलम्बियाकी एरिएड्ना गुटिरेज र फिलिपिन्सकी पाया ओलोन्जो बर्जबाक पुगेका थिए। यी दुईबाट मिस युनिभर्सको घोषणाको प्रतीक्षा भइरहेको थियो। फक्स टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको कार्यक्रम करोडौं मान्छेले हेरिरहेका थिए। मञ्चमै पनि हजारभन्दा बढी दर्शक उत्सुकतापूर्वक कार्यक्रम हेरिरहेका थिए।

उद्घोषक स्टिभ हार्भेले घोषणा गरे, ुमिस युनिर्भस २०१५ इज कोलम्बिया१ु उनको घोषणासँगै कोलम्बियन युवती एरिएड्नाका आँखामा हर्षका आँसु भरिए। नयाँ मिस युनिभर्सको स्वागतमा स्टेजको रंग नै परिवर्तन भयो। उनले सबै दर्शक सामु हात हल्लाउँदै खुशी साटिन्। दर्शकलाई अभिवादन गर्दै फ्लाइङ किस दिइन्। कोलम्बियन युवती मिस युनिभर्स विजेता भएर खुशीको उल्लास मनाउन थालेपछि फिलिपिन्सकी पाया स्टेज अग्र भागबाट पछाडि पट्टि पुगिसकेकी थिइन्। यतिकैमा उद्घोषक हार्भे फेरि स्टेजमा आए।

मक्षमा माग्न चाहन्छुु, उद्घोषक हार्भेले भने। उनले यति भनुन्जेलसम्म पनि मिस युनिभर्स घोषित भएकी कोलिम्बियाकी एरिएड्ना दर्शकलाई फ्लाइङ किस दिइरहेकी थिइन्।
mष्कक गलष्खभचकभ
ुद फर्सट रनर अप इज कोलम्बियाु, रोक्किँदै उनले गरेको घोषणाले सबैलाई छक्क पार्यो। ुमिस युनिभर्स २०१५ फिलिपिन्स भइन्ु, उनले फेरि घोषणा गरे। ४५ सेकेन्डभित्रको यो परिवर्तन आत्मसात गर्न सुन्दरीहरुलाई निकै गाह्रो भएको थियो।

उनको घोषणासँगै पूर्व मिस युनिभर्स पाउला भेगाले कोलम्बियन एरिएड्नाको ढाड समात्दै क्राउन फुकाल्न संकेत गरिन्। उनले क्राउन फुकालिन्। र फिलिपिन्सकी पायालाई पहिराइदिइन्।

उद्घोषक हार्भेले यसमा आयोजकको कुनै दोष नभएको र आफूले गल्ती गरेको बताए। ुती महिलाप्रति मलाईप्रति मलाई दुःख लागेको छ। यसमा मैले गल्ती गरेँ। माफी चाहन्छुु, उनले भने।

भिडियो हेर्नुस

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us