
मर्केललाई सिरियाली शरणार्थीदेखि ग्रीसको शरणार्थी सङ्कट लगायत विभिन्न विषयमा खेलेको भूमिकाको प्रशंसा गर्दै उक्त उपाधिद्वारा सम्मान गरिएको वक्तव्यमा बताइएको छ । मर्केललाई निरङ्कुशवादविरुद्ध कडा रुपमा प्रतिवाद गर्दै संसारमा राजनीतिक आदर्शवादी नेतृत्वको खडेरी परिरहेको सन्दर्भमा स्थिर तथा सदाचारी नेतृत्व गर्न सफल भन्दै उक्त उपाधि दिइएको सम्पादक गिब्सले बताए ।
मर्केल पछिल्लो २९ वर्षमा सो उपाधि प्राप्त गर्ने पहिलो महिला हुन् । उक्त उपाधिका लागि अन्तिम सातमा छानिएका अल बग्दादी, डोनाल्ड ट्रम्प, ब्लाक लाइभ्स म्याटर एक्टिभिस्टस्, हसन रौहानी, ट्राभिस कालानिक र काइटलिन जेनरलाई उछिन्दै जर्मन चान्सलर मर्केल प्रथम भएको वक्तव्यमा जनाइएको छ ।
यसअघि महात्मा गान्धी (१९३०), क्वीन एलिजावेथ द्वितीय (१९५२), एडल्फ हिटलर (१९३८) र फ्रान्कलिन डी. रुजबेल्ट (१९३२) र रुज बेल्टपछि अमेरिकी राष्ट्रपति हुने सबै नेताहरुलगायतले सो उपाधि हासिल गरेका छन् । यसवर्ष उपाधिका लागि नाम मनोनित भएका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले पनि सन् २००७ मा सो उपाधि पाएका थिए । रासस