रोजगारीको सिलसिलामा साउदी अरब पुगेका एक नेपालीको ओछ्यानमै मृत्यु
रोजगारीको सिलसिलामा साउदी अरब पुगेका एक नेपालीको
सुतेकै ठाउँमा मृत्यु भएको छ ।इलाम जितपुर–६ बरडमाका २७ वर्षीय चित्रबहादुर
मगरको हृदयघातका कारण शनिबार सुतेकै अवस्थामा मृत्यु भएको हो । मगर
साउदीको रविकस्थित प्रोजेक्ट सिस्टम गु्रपमा हेल्परका रुपमा कार्यरत थिए ।
ड््युटीबाट फर्केर राति खाना खाएर सुतेका मगर बिहान ओछ्यानमै मृत भेटिएको
सोही कम्पनीमा कार्यरत मोहन बिएसकेले जानकारी दिनुभयो ।
मगर ३१ महिना अघि रोजगारीका लागि साउदी अरब जानुभएको थियो । मगरको मृत्युको
विषयमा दूतावासलाई जानकारी गराइएकोे र उनको शव जतिसक्दो छिटो स्वदेश
पठाउनका लागि कम्पनीमा पहल भइरहेको बिएसकेले बताउनुभयो ।