Sunday, 20 December 2015

स्पेनी सुन्दरी मेरिया भइन मिस वल्र्ड २०१५

काठमाडौं । मिस वर्ल्ड २०१५ को ताज  मेरिया लालगुना रोयोले जितेकी छन् । चीनको सान्यामा भएको प्रतियोगितामा स्पेनकी सुन्दरी २३ वर्षिया स्पेनी सुन्दरी टप मोडल भइन् भने ‘ब्युटी विथ पर्पस’को उपाधि इन्डोनेसियाकी सुन्दरीले जितिन् ।


दोस्रो स्थानमा रुसकी सोफिया निकिचुक र तेस्रोमा इन्डोनेसियाकी मारिया हरफान्ती आए ।
उत्कृष्ट ५ मा स्पेन, रुस, इन्डोनेसिया, लेवनान र जमैकाका सुन्दरी परे । विश्व सुन्दरीको ताजका लागि सोधिएको प्रश्नमा स्पेनकी सुन्दरीले बाहिरी रुपमा कुनै मान्छे सुन्दर हुँदैमा ऊ भित्री मनले पनि सुन्दर हुँदैन भन्न नमिल्ने तर्क गरेकी थिइन् । प्रतियोगितामा सहभागी नेपाल सुन्दरी इभाना मानन्धरले कुनै  उपाधि जितिनन् । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us