आन्तरिक उडान चुस्त बनाई उल्लेख्य व्यापार गर्ने लक्ष्यसहित राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याएका दुईमध्ये एउटा जहाज दुई महिनादेखि थन्किएको छ ।
कुनै प्राविधिक समस्या भएर जहाज थन्किएको भने होइन, यो जहाज उडान आवश्यक प्रशिक्षक पाइलट ९आईपी० नहुँदा दुई महिनादेखि त्रिभुवन विमानस्थलमा ‘ग्राउन्डेड’ छ । चिनियाँ जहाज निर्माता कम्पनि हार्बिन एयरक्राफ्ट इन्डस्ट्री ग्रुप कम्पनी लिमिटेडबाट आएका लाओसका आइपीको म्याद सकिएपछि उक्त जहाज थन्किएको हो ।
जहाज निर्माताले १८ सिटयुक्त भने पनि १७ यात्रु अट्ने ‘वाई १२(ई’लाई उडाउन निगम व्यवस्थापनले दुई महिनादेखि प्रशिक्षक पाइलट व्यवस्था गर्न सकेको छैन । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ‘९एन(एकेएस’ कलसाइन पाएको यो जहाजलाई निगमले ‘कोइली’ चराको नाम दिएको छ ।