Sunday, 27 December 2015

मोरङका एसपी तारणीप्रसाद लम्साल भन्छन, राजेन्द्र महतो आइसियूमा दालभात खाएर बसेका छन्

http://www.onlinecanadanepal.com/2015/12/madhesi-leader-demands-probe-into.html
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको अवस्था सामान्य भए पनि आईसियूमा बसेको दावी गरेका छन । आइसियुमा बसेर महतोले पार्टीका कार्यकर्ताहरुसँग राजनीतिका कुराकानी गर्ने, सामान्य दालभात खाने जस्ता नियमित काम गरिरहेका जानकारी प्राप्त भएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी तारणीप्रसाद लम्सालले महतोको अवस्था सामान्य भए पनि आईसियूमा बस्नु भएको दावी गरेका छन् । काठमाण्डु टुडेको अनुसार, काठमाण्डु टुडेसँग कुराकानी गर्दै एसपी लम्सालले भने, ‘आइसियूमा चाहीँ हुनुहुन्छ, तर अवस्था सामान्य छ उहाँको । पार्टीका कार्यकर्ताहरुसँग राजनीतिका कुराकानी गर्ने, सामान्य दालभात खाने जस्ता नियमित काम गरिरहुन भएको छ । अवस्था गम्भीर हुँदै होइन ।’

अवस्था सामान्य भए पनि आईसियूमा किन राखिएको हो भन्ने विषयमा आफूले भन्न नसक्ने एसपी लम्सालले बताए । अध्यक्ष महतोको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीको लाठीले लागेर महतो घाइते भएको कुरा गलत भएको एसपी लम्सालले बताए । उनले भने, ‘पारिबाट हानेको ढुंगाले लागेर महतो घाइते हुनु भएको हो ।

टोलीले नाकामा धर्ना दिन थालेपछि प्रहरीले धर्ना नबस्न आग्रह गर्यो । तर महतोको टोलीले मानेन । प्रहरी र महतोबीच भनाभन भइरहँदा मधेसी मोर्चाका कार्यकर्ताले होहल्ला गर्न थाले । एसपी लम्सालले भने, ‘भन्सारका सामान फुटाउने, कागजपत्र च्यात्ने जस्ता काम हुन थालेपछि प्रहरीले बल प्रयोग गर्यो । त्यसपछि मोर्चाका कार्यकर्ताले पारि र वारि दुवैतिरबाट ढुंगा हान्न थाले । त्यही बेला महतोलाई ढुंगाले लागेको हो ।’ लम्सालले भनेका छन । 

यता मोर्चाले भने प्रहरीले गरेको लाठीचार्जले महतो घाइते भएको भन्दै आइतबार विराटनगर बन्द समेत गरेको छ । शनिबार प्रहरीको झडपमा घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बिराटनगरस्थित गोल्डेन अस्पतालको आईसियूमा भर्ना गरिएको छ । जोगवनी नाका थुन्न बसेपछि प्रहरीले हटाउने क्रममा झडप हुँदा उनको महतोको टाउकोमा चोट लागेको थियो । महतो अवस्था भने आइसियुमा नै बस्नु नपर्ने भएपनि आइसियुमा बसेको श्रोतबाट जानकारीमा आएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us